काठमाडौं । चर्चित म्हेन्दोमाया मोडेल, नायिका अनि गायिका रुपा एस घलेको पहिलो निर्देशनमा ‘तोङ्पेगाङ मोङ्पेगाङ’ म्हेन्दोमाया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लाप्साङ कार्पो म्युजिक सेन्टरबाट हालै यस म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
यस गीतमा चर्चित म्हेन्दोमाया गायक रोम लामा र चर्चित गायिका बिना घले लोप्चनको सुमधुर आवज रहेको छ । शब्द सङ्गीत बिनोद तामाङ, सङ्गीत संयोजक कमल सौराग, रेकर्डिङ डिजिटल काठमाडौं स्टुडियो र मिक्सिङ डिका गुरुङको रहेको छ ।
यस गीतको छायांकन किम्ताङ–४, म्यागङ गाउँपालिका नुवाकोट जिल्लामा गरिएको हो र यस मा किम्ताङ गाउँ र वरिपरिको रमणिय दृश्यहरुलाई क्यामरामा कैद गरिएको छ ।
यस म्यजिक भिडियोको छायांकन प्रकाश वाईबा तामाङ, निर्देशन रुपा एस घले, सम्पादन रोशन फ्युबा तामाङको रहेका छन् । यस गीतमा चर्चित मोडेल तथा नायक आराम्भ तामाङ र रुपा एस घलेको अभिनय रहेको छ ।
























