मयुर प्लाईले पायो नेपाल गुणस्तर चिन्ह, चिन्ह पाउनेमा देशकै दोस्रो प्लाई उद्योग

काठमाडौं । दक्ष कामदार र योग्य व्यवस्थापनबाट सञ्चालित नमस्ते प्लाइउड इन्डस्ट्रिज प्रालिको उत्पादन मयूर प्लाइले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । उद्योगले नेपाल गुणस्तर समूह ३८ अन्तर्गत नेपाल गुणस्तर चिन्ह प्राप्त प्राप्त गरेको हो ।
२०६७ सालमा स्थापना भएर उत्पादन सुरु गरेको कम्पनीले लेटेस्ट टेक्नोलोजीका मेसिनहरु प्रयोग गरी विगत ९ वर्षदेखि गुणस्तरीय उत्पादन गर्दै आइरहेको मयूर प्लाइउडका मार्केटीङ प्रमुख नवराज केसीले बताए ।

मयुर प्लाइ देशभरिका प्लाइउड कम्पनीमध्ये गुणस्तर चिन्ह प्राप्त गर्ने दोस्रो प्लाइउड कम्पनी हो । यसले २०७६ साल वैशाख ११ गते नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको होल । देशभरीका ४० भन्दा बढी डिलरहरु मार्फत आफ्नो उत्पादन बिक्री गर्दै आइरहेको प्लाइउड कम्पनीले उच्चस्तरीय रमेट्रियल प्रयोगगरी प्लाइ उत्पादन गर्दै आएको छ ।

अहिले बजारमा प्लाइको माग बढ्दो छ । बजारमा निस्किएका विभिन्न ब्रान्डका प्लाइउड भएपनि मयूर ब्राण्डको प्लाइ गुणस्तरयुक्त भएकाले यसको माग झनै बढ्दो छ । बजारको मागअनुसार प्लाइ उत्पादन गर्न नसकिएको नमस्ते प्लाइउडका कार्यकारी अध्यक्ष होम प्रसाद घिमिरेले जानकारी दिए । उनले आफ्नो उद्योगले दिइएको प्लाइको गुणस्तरलाई कायम राख्दै अझै वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।