काठमाडाैं । गायक हवल लामा र हालै निकै चर्चामा रहेकी निराञ्जली लामाको सशक्त अभिनय रहेको बिल्कुलै नयाँ गीत के सारो राम्री बोलको गीत बजारमा अाएको छ।

लामो समयदेखि अाफ्नो सांगीतिक यात्रालाई अगाडि बढाउदै अाएका गायक हवल लामाको फर्केर आउछु कि आउदैन,भेट हुन पाउछु कि पाउदिन भन्ने निकै चर्चित गीतको अपार सफलता पछि यो गीत बजारमा ल्याएको हुन् ।

गायक हवल लामाको सुमधुर स्वरमा रहेको गीतमा शब्द, संगीत र निर्देशन सुशन लामाले गर्नु भएको छ।भिडियोको छायांकन लालमान तामाङका रहेका छन् ।

उक्त गीतको म्युजिक भिडियो विमोचन समारोहमा चन्द्रागिरी हिल्सका महा प्रबन्धक अभिषेक विक्रम शाहले गरेका हुन्। विमोचन समारोहमा बोल्दै शाहले गीती भिडियो अत्यन्तै राम्रो भएको बताएका थिए।

यस म्युजिक भिडियोलाई ओएसआर डिजिटल युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गरिएको हो।

भिडियो हेर्न नभुल्नु होला।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।