भक्तपुर । तामाङ कथानक चलचित्र छार ग्यामल विषेश प्रर्दशनी भक्तपुरमा हुने भएको छ ।
यहि बैशाख २१ गते शनिवार भक्तपुरको बाराही मुभिज सुर्यविनायकमा चलचित्रको विषेश प्रर्दशनी हुने भएको निर्माण पक्षले जानकारी दिएका छन् ।
यस तामाङ कथानक चलचित्र छार ग्यालम बैशाख १६ गते सोमबार राष्ट्रिय नाचघर जमल काठमाडौमा विशेष शो भएको थिए।
तामाङ चलचित्र छार ग्यालम दर्शकहरुको माग अनुसार विभिन्न स्थानमा च्यारिटी सो गरिने लक्ष्य अनुसार यस पटक भक्तपुरको बाराही हलमा प्रर्दशन गर्न लागिएको नायक राहुल मोक्तानले जनाएको छ ।
कोशीपारी फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको तामाङ कथानक चलचित्र छार ग्यालम सागर तामाङ गोलेको प्रस्तुती रहको छ भने उक्त चलचित्र निर्माता पविना तामाङ र दिपा वाइवा साथै सह निर्माता बुद्दमाया तामाङ, इन्द्रमाया तामाङ र कुमारी तामाङले निर्माण गरेका हुन्।
चलचित्रको कथा पटककथा धनवहादुर तामाङ(सागर)को रहेको छ । तामाङ र नेपाली भाषामा निर्माण भएको उक्त चलचित्रमा धन बहादुर तामाङ सागर गोले नै निर्देशन गर्नु भएको छ भने बुद्ध स्याङवा, सुदिप न्यासुर, प्रयास दोङले संगीत दिएको हो ।
चलचित्रमा द्घन्द राजु किराँतको सम्पादन तुल्सी बास्कोटाको ,छायांकन लक्ष्मण घिमिरेको रहेको छ । रमेश थापा र विर वहादुर लामाको नृत्य निर्देशन रहेको चलचित्रमा तीन गीत समेटिएको छ ।
विभिन्न रमणीय स्थलहरुमा शुटिङ भएको यस चलचित्रमा तामाङ चलचित्र जगतका सुपरस्टार नायक कुमार मोक्तान, नायिका सुनिता लुङवा, राहुल मोक्तान र संगीता दोङ चलचित्रमा प्रमुख पात्रका रुपमा देख्न सकिने छ ।
उक्त चलचित्रमा ध्रुर्व तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दीपा वाइवा, सूर्य बहादुर तामाङ र प्रकाश श्रेष्ठ लगायत अन्य कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ ।
यस चलचित्रले दर्शकको मन जित्न सफल हुने चलचित्र निर्माण पक्षले अपेक्षा गरेका छन् ।
























