तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । तामाङ समाज ख्याङ्साङ्नाम्दो/बुसानले यहि जुन ९ आइतबार दक्षिण कोरियाको किम्हे शहरस्थित मुन्हावन हलमा नेपाली कथानक चलचित्र “ए मेरो हजुर ३” प्रदर्शन गर्ने भएको छ ।

“आफु बाचौ र अरुलाई पनि बचाऊ” भन्ने उदेश्यले रोशी गाँउपालिका वडा नं ३ काभ्रेपलाञ्चोक जिल्लाकी ५४ बर्षिया मिना तामाङ जो दुवै मृगौला खराब भइ हाल मृत्यु संग लडिरहेकी छिन् ।

घरको आर्थिक अवस्था ज्यादै नाजुक रहेकोले बिरामी मिना तामाङको जीवनरक्षा सहयोगार्थ र किम्हे बुसान आसपास रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनिहरुलाई मनोरञ्जन दिने उद्देश्यले प्रदर्शन गर्न लागेको उक्त चलचित्र नेपालमा दर्शकहरुले अत्याधिक रुचाएको अहिले चौथो हप्तामा प्रदर्शन भैरहेको चलचित्र हो ।

कलाकार अनमोल केसी र सुहाना थापाको मुख्य अभिनय रहेको उक्त चलचित्रको निर्देशन प्रसिद्ध नायिका झरना थापाको रहेको छ ।

आफ्नो कला, सस्कृति, भाषाको संरक्षण गरौं नेपाली चलचित्रलाई माया गरौं भन्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थित भइ चलचित्र हेरि सामाजिक कार्यमा हातेमालो गरिदिनु हुन आयोजक कमिटिका कार्यबाहक अध्यक्ष सुजित घिसिङले हार्दिक अनुरोध गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।