प्रेस विज्ञप्तिः

काठमाडौं । तामाङ अन्तर्राष्ट्रि महोत्सव यहि बैशाख २६ र २७ गतेका लागि तय भएको विविध कारणले गर्दा सारिएको छ ।
आज (मंगलबार) एक प्रेस विज्ञप्ति जारी गर्दै आयोजकले समय परिवर्तन भएको जानकारी गराएका छन् । आयोजकका अनुसार

आन्तरिक तयारीका लागि समय अपर्याप्तता भएको र महोत्सव अझै बृहत ढंगले गर्ने गरी सारिएको हो ।
आयोजकले प्रेषित विज्ञप्ति अनुसार महोत्सव आगामी जेठ २९ र ३० (जून १२ र १३) गते राष्ट्रिय सभा गृहको हलमा हुने उल्लेख गरेको छ ।

प्रेस विज्ञप्तिमा जनाए अनुसार महोत्सवलाई थप स्पष्ट पार्ने  गरी नाममा पनि केहि संशोधन गरिएको छ । ‘यो महोत्सव विधागत रुपमा भिन्न भएको स्पष्ट पार्दै ‘तामाङ अन्तराष्ट्रिय इन्डीपीन्डेन्ट चलचित्र महोत्सव–२०१९’ का रुपमा राष्ट्रिय सभागृहको हलमा गर्ने जानकारी गराउंदछौं ।’–विज्ञप्तीमा उल्लेख छ ।

महोत्सव तामाङ सौन्दर्य, जीवनशैली र ज्ञान परम्परा झल्किने एवं तामाङ समुदायसमा प्रत्यक्ष सरोकार राख्ने विषयबस्तुमाथि बनेका तामाङ फिल्म, डकुमेन्ट्री र छोटो फिल्म समेट्दै छ । महोत्सवको आयोजना तामाङ भ्वाइस, सेलो फाउण्डेशन र एससीआरसीले गर्न लागेको हो ।

प्रेस विज्ञप्तिः

 

Comments

comments