हाँस्यकलाकार फुलन्देकी आमा हालचालको निक्कै नै चर्तित हाँस्य कलाकार हुन् । धेरैजसो दर्शकले उनको वास्तविकता आजसम्म पनि थाहा छैन । प्रायले उनलाई केटी हुन् भन्छन् । किनकी उनी केटीको रोलमा अभिनय गरिरहेका छन् ।

उनी हुन् भोजपुरका हाँस्यकलाकार उमेश राई । एक दिन आफू चर्चित हास्य कलाकार हुन्छु भनेर उमेशले कहिल्यै पनि सोचेका थिएनन्।

दुई वर्ष साउदी अरेबियामा ’स्टोर किपर’ को रूपमा काम गरेर वि.सं २०७२ सालमा उनी नेपाल फर्किए र चर्चित कलाकार बन्न पुगे।

भोजपुरमा जन्मिएका २६ वर्षीय उमेशले पहिलो इनिङ्गमै हाँस्य क्षेत्रमा सफलता हात परे।

यो क्षेत्रमा नयाँ अनुहार भए पनि उनले ’मुन्द्रेको कमेडी क्लब’ नामक कार्यक्रममा निर्वाह गर्ने ’फुलन्देको आमा’ भूमिकाका कारण उनी रूचाइएका छन्।

महिला पात्रको भूमिका गरेपछि लैङ्गिक मुद्दालाई हेर्ने आफ्नो दृष्टिकोण परिवर्तन भएको उनी बताउँछन्। पुरुष भन्दा महिला कुनै पक्षमा कमजोर नहुने उनको बुझाइ छ । बीबीसीबाट

Comments

comments