अशोक बुद्ध लामा
रोशी । रोशी साहित्य मञ्चद्वारा सञ्चालित मासिक नियमित सिर्जना कार्यक्रम सम्पन्न भएको छ प्रत्येक महिनाको अन्तिम शुक्रबार सञ्चालन हुने कार्यक्रममा विभिन्न साहित्यकारहरुले अाफ्नो साहित्य सिर्जना प्रस्तुत गरेका छन् ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि मंगल जन विजय क्याम्पस प्रमुख बासु थापाले रोशी साहित्य मञ्च रोशीमा लुकेर रहेका रचनाहरु इतिहासमै रहनेगरी अगाडि बढ्ने अाशा व्यक्त गर्नुभयो

कार्यक्रम बोल्दै कान्तिपुर F.M का कार्यक्रम प्रस्तोता बरिस्ठ पत्रकार शुभहरि अधिकारीले अागामी दिनमा रोशी खोलाको कलकल पानीमा साहित्यिक मनहरु भेट्टिने अाशा गर्नुभयो कृष्णप्रसाद पराजुली, गुरुप्रसाद मैनाली जस्ता साहित्यिक हस्तिहरु रोशी क्षेत्रमा रहेको र रोशी साहित्य मन्चले पनि त्यस्ता सष्ट्रहरु उत्पादन गर्ने अाशा व्यक्त गर्नुभयो!

कार्यक्रम रोशी साहित्य मञ्चका अध्यक्ष तथा कार्यक्रमका सभापति तिर्थराज थिङ( भोटेको छोराले)रोशी क्षेत्रमा लुकेर रहेका साहित्यहरुलाई उजागर गर्दै पछि पुस्तकको रुपमा निकाल्ने र प्रत्येक महिनाको अन्तिम शुक्रबार सिर्जना बाचन कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो

कार्यक्रम बरिस्ठ सहित्यकार बिबेक कुमार व्लोन गजलकार मोनिका थोकर शिक्षक सुदर्शन श्रेष्ठ र विद्यार्थीहरुले अाफ्न‍ो साहित्य प्रस्तुत गरेको कार्यक्रममा विद्यार्थी र साहित्यिक मनहरुको बाक्लो उपस्थित रहेको कार्यक्रममा सञ्चालन सचिव अशोक बुद्ध लामाले गर्नुभएको थियो ।

Comments

comments