धुुलिखेल । काभ्रे जिल्लाको धुलिखेलमा रहेको सारथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । शनिबार सहकारीले आफ्ना सदस्यहरुको क्षमता अभिबृद्धि गराउनका लागि एक दिने तालिमको आयोजना गरिएको थियो ।

सहकारीको विभिन्न उपसमितिकासदस्यहरुलाई सहकारी शिक्षा तथा रणनीतिका योजना निर्माण सम्बन्धी तालिम दिएको हो ।
कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार रामचन्द्र अधिकारीले गरेका थिए । संस्थाका अध्यक्ष दिलिप शर्मा, सचिव प्रल्हाद प्याकुरेल र सदस्य विदुर गौतमले तालिम दिएका थिए ।

कार्यक्रममा सहकारीको सबै उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Comments

comments