काठमाडौं– एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै शेयर बजारमा बहार आएको छ । बुधबार साँझ निर्वाचन आयोगले निर्वाचनको अन्तिम सूची राष्ट्रपतिलाई बुझाएसँगै बढेको राजनीतिक माहोलले शेयर बजारमा पनि चमक ल्याइदिएको हो ।  लामो समयदेखि निरन्तर ओरालो लागेको शेयर बजार बुधबार सामान्य उकालो चढेको थियो । तर बिहिबार भने शेयर बजारमा ३६ दशमलब ०१ अंकको बढोत्तरी भएको छ । बुधबार १३८८.९४ अंकमा रहेको शेयरबजार बिहिबार १४२४.९५ अंकमा पुगेको छ । सबै समूहको सुचकांक हरियो बनेपछि शेयर बजारमा बहार आएको हो ।

Comments

comments