काठमाडौं । तामाङ कथानक चलचित्र ल्हुई ह्रो विशेष प्रर्दशनी हुने तयारी सम्पन्न भएको छ ।
जेठ ४ गते राष्ट्रिय नाचघर जमलमा प्रर्दशनी हुन् लागेको चलचित्र प्रर्दशनी तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख अतिथ्यतामा हुने भएको हो । चलचित्रको विशेष प्रर्दशनी तयारी सम्पन्न भएको चलचित्रका नायक विनायक तामाङले जानकारी दिनुभयो ।
जेठ ४ गते दिनको १ बजे देखि उक्त चलचित्रको विशेष प्रर्दशनी हुने भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्माता सञ्च कमारी तामाङ, सह निर्माता समीर लामा, कार्यकारी निर्माता ध्रुर्व छिरिङ तामाङ, छांयाकन रेशम दर्लामी मगर,द्दन्द राजु किराँत, नृत्य सागर लामा गोले, निर्माण सहयोगी सोवित मान तामाङ,संगीत प्रयास दोङ,कमल तामाङ, कथा सेरप लोप्चान पटकथा रुपेश थिङ , दिपिका लोप्चान गीतकार प्रतिक मोक्तान कुमार स्याङावाको रहेको चलचित्र ल्हुई हो कालिदेवी मिडिया हाउसले बजारमा ल्याएको हो ।
चलचित्र फरक कथाबस्तुमा निर्माण भएको जानकारी दिदै उहाँले दर्शकहरुलाई उक्त चलचित्र एक पटक हेरेर आफूलाई कमि कमजोरी एवं राम्रा पक्षको विषयमा जानकारी गराई हौसला बढाउन आग्रह गर्नुभयो ।

 

 

Comments

comments