काठमाडौँ । मि चिम चिम लावा कान्छीमी नक्कली रिम
खालाङ मुक्याम धिम।
निचि चित्ररी, थान्मुला कान्छीता सेमला भित्तारी।
भन्ने गीत तामाङ कथानक चलचित्र म्हारमेनको गीत हो।

एभरेष्ट फेसन होमको व्यानारमा निर्माण भएको तामाङ कथानक चलचित्र “म्हारमेन”को पहिलोे “मि चिम चिम” बोलको तामाङ गीत भिडियो डम्फू मिडियाको अफिसियल युटुव च्यानलबाट मंगलबार सार्वजनिक भएको छ ।

यो गीत अाउदै गरिएको तामाङ कथानक चलचित्र म्हारमेनमा समाबेश भएको गीत हो।भने यस गीतलाई चलचित्र “म्हारमेन”का निर्माता विनोद तामाङले भिडियो क्लिक गरी पत्रकारहरु र कलाकारहरुको माझ सार्वजनिक गर्नुभएको थियो ।

शब्द,संगीत चर्चित संगीतकार तथा गायक विशाल काल्तानको रहेको छ भने स्वर गायक बिशाल काल्तान र गायिका जितु लोप्चानको रहेको छ।
दोलखा जिल्लाको कालिन्चोक क्षेत्रको आसपासमा छाँयाङ्कन गरेको यो म्युजिक भिडियोमा नायक अमिर दोङ र नायिका रन्जिता ब्लोनले सशक्त अभिनय गरिएको छ।भने साथमा शुष्मा मोेक्तानको नृत्यले म्युजिक भिडियोलाई थप सुनमा सुगन्ध थपेको छ।

“म्हारमेन” चलचित्र आउँदो एक महिना भित्रमा सबै कार्य सकि सकेको साथै चाडै नै अाम दर्शकहरु बिचमा ल्याउने चलचित्र निर्माता विनोद तामाङले जानकारी दिनुभएको छ।भने गीतको निर्देशक अजय स्याङतानको रहेको छ।

गीतको भिडियो हेर्नुहोस्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।