भक्तपुर , तामाङ गीत संगीतका क्षेत्रमा दैनिक जसो नयाँ नयाँ गीतहरू बजारमा आइरहेका छ।
पछिल्लो चरणमा संगीतकार तथा गायक निमा दोङको संगीतमा माया, प्रेम र स्नेहमा आधारित गीत देन्बा माया पिन्न पिन्न,चु ल्हुई सिसी निसाई भन्ने बोलको तामाङ गीतको छायांकन सम्पन्न भएको छ।
उक्त गीतको संगीत निमा दोङ र स्वर गायक निमा दोङ र जितु लोप्चानका रहेको छ, शब्द भने पदम दोङले रचना गरिएको हो।
जित वाईवाको बिशेष निर्माता रहेको गीतको
छायांकन दोलखा जिल्लाको रमणीय स्थल कालिङ चोक र खरीढुंगाको दृश्य गीतबाट अवलोकन गर्न सकिनेछ।
क्यामरामा अभिषेक माझी, निर्देशन दिपक तामाङ एरेन्जर र मिक्सिङ दिपेश प्रधानले गरेको छ,भने गीत रेकर्डिङ म्युजिक नेपाल स्टुडियोमा गरिएका हुन् ।
उक्त गीतमा प्रदिप मोक्तान र म्हारम्हेन गोलेका अभिनय रहेका छन् ।भने उक्त गीतको म्युजिक भिडियो भने छिट्टै नै बजारमा ल्याइने निमार्ण पक्षले बताएका छन् ।