काठमाडौ बाैद्व। तामाङ सांगीतिक क्षेत्रको निकै लोकप्रिय संगीतकार तथा गायक विशाल काल्तानको हातैमा डम्फू गीति म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपाल तामाङ कलाकार संघका अध्यक्ष संञ्जिब वाईवाको प्रमुख अतिथ्यतामा काठमाडौंको बाैद्वमा पत्रकार सम्मेलन गरी उक्त म्युजिक भिडियोलाई अाम दर्शक माझमा ल्याएको हो।
उक्त गीतको शब्द कुमार स्याङबा संगीत विशाल काल्तान र स्वर गायक विशाल काल्तान र जितु लोप्चानको सुमधुर अावाज रहेको छन् ,भने सो गीतको म्युजिक एरेन्जर चाँद सिंंह ले गरेको हो।
यस गीतमा मोडेल अभि लामा र अनिता गोलेले सशक्त अभिनय गरेका छन् ,भने ड्रोन सुरेश घिसिङ ,एडिट र कलर सुर्य लामा, कोरियोग्राफी र निर्देशन मोडल अभि लामाले नै गरिएको छ।
यस गीतलाई जिग्मे मिडिया प्रा लि बाट बजारमा ल्याएको हो।
भिडियो हेर्नुहोस्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























