काठमाडौ।  अन्तर्राष्ट्रिय तामाङ परिषद्को सम्मेलन थाइल्यान्डको बैंककमा हुने भएको छ।

विश्वभर छरिएर बसेका अाम तामाङहरुको साझा छाता संस्था तामाङ परिषद्ले नेपाल तामाङ घुदेङको सभाहलमा पत्रकार सम्मेलन गरी अागामी जुन २२ मा थाइल्यान्डमा पूर्वी एशिया क्षेत्रिय सम्मेलन गर्ने बारे अन्तराष्ट्रिय तामाङ परिषद्का पूर्वी एशिया क्षेत्रीय संयाेजक अस्मिता तामाङले विज्ञप्ती वाचान गरेर जानकारी दिएका थिए।

तामाङहरु एकजुट होऔ,तामाङ पहिचान र संस्कृति सम्बर्द्धन पारौं भन्ने मुलनाराका साथ  गत सन् २००२ मा स्थापित परिषद् भारतको मिरिक, दार्जिलिङमा सम्पन्न भएको चौथो सम्मेलनबाट परिमार्जित विधान अनुसार संसारभरका तामाङ संघ र संस्थाहरुलाई समेट्ने उदेश्यले पाँच वटा क्षेत्रीय समन्वय समितिले ब्यवस्थापन गर्ने भएको छ ।

सम्मेलनमा पूर्वी एशिया अन्तर्गतका राष्ट्रहरु थाइल्यान्ड जापान, दक्षिण कोरिया,मलेशिया, हङकङ, बर्मा, मकाउ, सिंगपुर, चीन लगायत ९ वटा राष्ट्रमा क्रियाशिल रहेका तामाङ संघ/संस्थाका प्रतिनिधिहरुले सम्मेलनमा भाग लिने परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङले जानकारी दिएको छ ।

सम्मेलनमा नेपाल तामाङ घेदुङ,भारतमा रहेका अखिल भारतीय तामाङ बौद्ध संघले तोकेको प्रतिनिधिहरु समेत सहभागि हुन पाउँने जनाएको छ । नेपालबाट तामाङ समुदायको क्षेत्रमा काम गरीरहेका तामाङ व्यक्तित्वहरुले समेत सहभागी हुने पाउँने जनाएको छ ।

अन्तराष्ट्रिय तामाङ परिषदको सम्बन्धित क्षेत्रको उपाध्यक्षको अध्यक्षतामा विभिन्न देशका प्रतिनिधि सम्मिलित एक पूर्वी एशिया क्षेत्रीय समन्वय समिति पनि गठन गर्ने र साथै परिषद्ले तामाङ समुदायहरुको सामाजिक, राजनीतिक,आर्थिक, तथा शैक्षिक आन्दोलनलाई सशक्त ढंगले अघि बढाउन विधिवत नीति बनाउन अायोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, मोहन गोले, कुमार ब्लोन, रविन लामा थिङ, सिता तामाङ, बेली तामाङ, रामकृष्ण तामाङ र रोविन लामा थिङ लगायतका विभिन्न संघ, संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए।

उक्त सम्मेलनबाट क्षेत्रीय नीति तथा कार्ययोजनालाई क्षेत्रीय स्तरमा अापसी समन्वय , सहकार्य सम्बन्धि निति तथा कार्यक्रम पारित गरेर अघि बढ्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।