काठमाडौ । नेपालका सांगीतिक क्षेत्रका अाफ्ना छुट्टै पहिचान बनाउन सफल एक चर्चित ब्याण्ड “मंगोलियन हर्ट” का नयाँ म्युजिक भिडियो जुन झै मुहार सार्वजनिक भएको छ।
ब्यान्डले उक्त गीत“Raju Lama Mongolian Heart”नामक अाफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन्।
पोखरा देखि करिव २ घण्टाको धुरीमा पर्ने अति नै रमणीय गाउँ ल्वङमा छायाँकन गरेका हो।उक्त म्युजिक भिडियोमा नेपाली माया प्रेम,सत्कार र संस्कारलाई देखाईएको छ।
नेपाली कौडा भाकाको रचना र संगीत विश्व दोङको रहेको छ भने छेवाङ लामाले निर्देशन गरेका छन् ।
राजु लामा र सपना गुरुङको जोडीलाई
दर्शकहरुले निकै मन पराएको यस भिडियोको प्रतिक्रियाहरुले देखाउछ।नेपाली सांगीतिक
आकाशमा चर्चित ब्याण्ड ‘मंगोलियन हट’ ले एक पछि अर्को रुपमा गीतहरु सार्बजनिक गर्दै आएका छन् ।यस म्युजिक भिडियोलाई मंगोलियन हर्ट भित्र ७ औ संस्करणमा समावेश गरिएको छ।
नेपालमा धेरै सांगीतिक ब्याण्डहरु लामो समयसम्म टिक्न नसक्ने भन्ने भनाइलाई असत्य साबित गर्दै ब्याण्डले गत बर्ष व्याण्ड स्थापना गरिएको २५ बर्ष पुगेको अवसरमा सिल्भर जुब्ली मनाउंदै २५ स्थानमा लाईभ व्याण्ड कन्सर्ट गर्ने निर्णय गरेका थिए।
हालसम्म नेपाल अधिराज्यका १७ स्थानमा कन्सर्ट गरिसकेका र ८ स्थान बाँकी रहेको ठाँउमा भने सेप्टेम्बर पहिलो हप्ताबाट सुरुवात गरिने ब्यण्ड्का मेनेजर तथा गीतारिस्ट बोबी लामाले जानकारी दिए।
छोटो समयमै यति धेरै स्रोताहरुले मन पराई दिनुभएकोमा ब्याण्डका भोकलिस्ट राजु लामाले आफ्नो दर्शक र स्रोतालाई धन्यबाद दिएका छ।