काठमाडौं । गायक प्रेम शेर्पाको ‘प्रेम’ नामक पहिलो एल्बम गत जेष्ठ १० गते एक कार्यक्रमका बीच विमोचन गरिएको छ । एल्बमको विमोचन लोकप्रिय गायक एवं समाजसेवी गम्बु शेर्पाले गरेका हुन् ।
कार्यक्रममा बिशेष अतिथिका रुपमा शेर्पा कलाकार संघका अध्यक्ष डिजे नवाङको समेत उपस्थिति रहेका थिए ।
को प्रेम नामक पहिलो एल्बम आज एक कार्यक्रम बिच विमोचन सम्पन्न भयो ।साथै अन्य चर्चित संगितकार, कलाकारहरुको पनि बाक्लो उपस्थिति रह्यो ।
गायक प्रेम शेर्पाको सांगीतिक यात्रा
सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका वडा नं ४ मा बुबा ङज्याङ शेर्पा र आमा मिङमार डोमा शेर्पाको कोखमा २०४८ सालमा गायक प्रेम शेर्पाको जन्म भएको थियो ।
पहिलो सांगीतिक कोसेलीको रुपमा मलेसियामा वैदेशिक रोजगारीको सिलसिलामा २०७५ सालमा आफ्नै शब्दमा “धेरै वर्ष माया गरि“ बोलको आधुनिक गित गायिका लमु शेर्पाको स्वरमा निकालेका थिए । जुन गित प्रेम शेर्पाको आफ्नै जिवनको वास्तविक घटमा संग मेल खाने बताउँछन् । त्यस्तै गरि पप सेलो ‘तातो पानी जाने बाटोमा’, जसलाई पुष्कर सुनुवारले स्वर दिएका छन् । तेश्रो कोसेलिको रुपमा सेलो दोहोरी आफ्नै शब्द स्वरमा “सिन्धुपाल्चोक“ ल्याएका थिए । यस पछि भने गत जेष्ठ १० गते “ज्यान कान्छी“ नामक गितको भिडियो सहित “प्रेम“ एल्बममा समेटिएका छन् ।
शेर्पालाई सानै देखि सेलो गितहरु सुन्दा, अरुले गाएको देख्दा आफुलाई पनि गाउगाउ लाग्ने र त्यो ठाउँमा पुग्न पाए हुने भन्ने मनमा संधै आईरहन्थ्यो । जसले गर्दा आफू अहिले सांगीतिक क्षेत्रमा रहेको बताउँछन् । आफ्नो वंशमा कोहि पनि यसरी कलाकारितामा नभएकोले उनको कलाकारिता देख्दा आफ्नी आमा भने अति नै खुसी हुँदै संधै प्रशंसा गरेको सुन्दा सबै भन्दा गर्व महसुस हुन्छन ।
गायन मार्फत देशमा विभिन्न स्टेज शो हरुमा आफ्नो प्रस्तुति दिँदा हुटिङ, ताली, अनि गितमा नाची दिंदा अझै अघि बढ्छु भन्ने सोच हुन्छन उनि । कलालाई कमाउने सोच भन्दा आफ्नो समाजको लागि, संस्कृति , भाषा, कला जगेर्ना गर्नका निम्ति लागेको बताउँछन् । अबको दिनमा आफ्नै शेर्पा भाषाको र सेन्टिमेन्टल गित छिटै बजारमा ल्याउने उनले बताए । साथै प्रेम एल्बममा रहेको सम्पुर्ण गितलाई मन पराईदिनेछ भन्ने आशा समेत राखेको बताए ।
गायिका लमु शेर्पा पनि भोटेकोसी गाउँपालिकाकै रहेको छ । गायक प्रेम शेर्पाको पहिलो शब्द रचनाको “धेरै वर्ष माया गरि“ मा स्वर दिए पश्चात् आफ्नो सांगीतिक यात्रा औपचारिक रुपमा सुरु भएको बताउँछन् । त्यस पश्चात् “नाधिङ भाकैमा“, नगर दोमन पछिको यो प्रेम एल्बममा समाबेश पछिल्लो गित “ज्यान कान्छी“ रहेको छ । उनलाई कुनै पनि शब्दको गितहरु गाउँदा आफ्नै लागि गाएको जस्तो लाग्ने भएकोले गित भित्र आफैं हराउने बताए । यो ज्यान कान्छी बोलको गित भने आफ्नै गाउँ ठाउँको प्रचारप्रसार को शब्द र भाका भएकोले पकै सबैले मन पराईदिने म आशावादी रहेको छ । अबको दिनमा आफ्नै शेर्पा समाजको भाषामा गित गाउने उनको धोको रहेको छ ।
गितकार जीवन बोम्जनको यात्राः गायक हुँदै निर्देशकसम्म
धेरै लोकप्रिय गितको शब्दहरु कोर्दै सुरु भएको कलाकारिता यात्रा ओखलढुंगे जीवन बोम्जन सबैको प्रिय गायक हुँदै यति बेला म्युजिक भिडियो निर्देशकको समेत आफ्नो पहिचान बनाउन सफल भएका छन । उनले यस एल्बममा समेटिएको ज्यान कान्छिमा उनैको निर्देशन रहेको छ । उनको अनुसार कुनै पनि भिडियो बनाउँदा प्राविधिक सामाग्री र लगानीले गर्दा क्वालिटीमा फरक आउने बताए । किनकी जति राम्रो लगानी भयो त्यति राम्रो गुणस्तरको सामाग्री प्रयोग गर्न सक्ने भएकोले सम्भवत सेलो र नाधिङ भाकाको गितको भिडियोमा पहिलो पल्ट रेड ड्रागन क्यामेरा प्रयोग गरेको बताए ।
एल्बम विमोचन पश्चात् प्रमुख अतिथी गम्बु शेर्पाले कलाकारिता क्षेत्र संधै सिक्दै अघि बढ्ने भएकोले यो सिक्न र गर्नलाई कहिल्यै
नटुंगिने बताए । अहिलेको जमानामा एल्बम निकालेर विमोचन गर्नु भनेको अत्यन्तै चुनौतीपूर्ण रहेको उनको तर्क रहेको थियो । पहिले पहिले क्यासेट, सिडिको बेलामा जस्तो खर्च उठाउन नसक्ने भएकोले यस्तो स्थितिमा समेत प्रेम एल्बम ल्याउनु साँच्चै सांगीतिक क्षेत्रको लागि गर्वको कुरा रहेको उनको धारणा रहेको थियो ।
बिशेष अतिथी डिजे नवाङका अनुसार भिडियो राम्रो बनेकोले सबैको प्रशंसा गर्दै आगामी यात्रा सफल रहोस भन्ने शुभकामना दिए । अतिथिको रुपमा उपस्थित पहिलो तामाङ नायिका चाँदनी मोक्तानले अहिले चलचित्रलाई टक्कर दिने खालको क्वालिटिमा म्युजिक भिडियोहरु आईरहेकोले चलचित्रलाई नै चुनौती दिरहेको बताए ।
भिडियो हेर्नुहोस्ः
























