काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सरकारी कर्मचारीको तलब न्यूनतम् १८ प्रतिशतदेखि २० प्रतिशतसम्म वृद्धि भएको छ ।
तल्ला तहका कर्मचारी (राजपत्र अनंकित)को आधारभूत तलब २० प्रतिशत र राजपत्रांकितको १८ प्रतिशत तलब वृद्धि गरिएको हो । हाल तल्ला तहका कर्मचारीको आधारभूत तलब १८ हजार छ । बढेको तलब आगामी साउनदेखि लागू हुनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























