काभ्रे । सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रतिबद्धता जनाए अनुसार अक काभ्रेमा सेकुरिटी प्रेस राखिने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त प्रेसको लागि रु. २७ अर्ब बजेट विनियोजन गरेपछि प्रेस राख्ने पक्का भएको हो ।
काभ्रेली जनतासँग मन्त्री बाँसकोटाले काभ्रेमा रहेको आइटी पार्कमा उक्त प्रेस स्थापना गरिने बबताउँदै आएका थिए । अहिलेसम्म विदेशमा छापिदै आएका नेपाली १, ५, २०, ५०, १००, ५०० र १००० का नोट र आवश्यकता अनुसार २५ र २५० का नोट सो प्रेसमा छापिने छ ।
अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते गरेको बजेट भाषणका अनुसार सरकारले फ्रान्सबाट रु २७ अर्बमा यो सुरक्षीत प्रेस खरीद गरिने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























