बनेपा । लोक दोहोरी गायक प्रभावन जे. र गायीका गीतादेवीको स्वरमा रहेको नयाँ लोक दोहोरी गीत “सपनी” दर्शक तथा स्रोता माझ आएकोे छ ।
गीतको शब्द, संगीत, स्वर तथा भिडियो निर्देशन प्रभावन जेको रहेको छ भने नविन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन् । प्रज्ञा साउण्ड एच.डिमा रेर्कड गरिएको गीतको ध्वनी सम्पादन शम्भु तण्डुकारले गरेका हुन् ।
म्युजिक भिडियोमा पत्रकार राजाराम गौतम, सानु पाण्डे, भुवन प्रकाश बडु र दिव्यम पौड्यालको अभिनय रहेको छ । दृश्य छायाँकनमा ड्रोन रोनिश तामाङले चलाएका छन् भने क्यामरा सागर गौतमको रहेको छ । म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइ, सहायक दृश्य सम्पादन अरबिट पोखे्रल, मेकअप शर्मिला राईले गरेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरी धुलिखेल, बनेपा र रोशि गाउँपालिकामा म्युजिक भिडियोको छायाँकन गरिएको निर्माण पक्षले जनाएको छ ।
केहि समय अघि मात्र सत्य घटनामा आधारित ‘जालमा फसायौ’ भाग १ दर्शक श्रोता माझ पस्केका डिएआर मुभिजले जालमा फसायौ भाग २ को काम सम्पादनको चरणमा रहेको र सो गीत अघि अरु केही गीतहरु पनि ल्याउने जानकारी डि.ए.आर मुभिजले गराएको छ ।
‘सपनी’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट आम श्रोता तथा दर्शक माझ ल्याइएको छ ।























