बनेपा । नेपालमा रहेका आदिवासी जनजातिहरु मध्य भुजेल जातिको भाषामा रहेको पहिलो भुजेल कथानक चलचित्र आगामी जेष्ठ २५ गते शनिबार प्रदर्शन हुनेभएको छ ।
हालै निर्माण भएको भुजेल भाषाको पहिलो चलचित्र ‘निःप्हुगाल’ अर्थात हामी भुजेल बनेपामा रहेको मयूर चलचित्रहलमा प्रदर्शन हुने भएको हो ।
भुजेल समाज सेवा समितिले निर्माण गरिएको उक्त चलचित्र भुजेल जातिको पहिलो चलचित्र भएको शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष प्रेम बहादुर भुजेलले बताए ।
चलचित्रमा सिमान्तकृत जातिको रुपमा रहेका भुजेल जातिको ऐतिहासिक पृष्ठभूमि देखि वर्तमान अवस्थासम्मको विषय समेटिएको अध्यक्ष भुजेलले बताए । यस चलचित्रको निर्माता कमलबहादुर भुजेल, पटकथा कृष्णबहादुर भुजेल, कलाकारहरु भिम भुजेल, पूजा भुजेल, सरोज भुजेल, बसुन्धारा भुजेल लगायतले अभिनय गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।