काभ्रे । साहित्यकार लक्ष्मण सापकोटाले ‘प्रथम नमोबुद्ध–लुम्बिनी साहित्यिक दौड’ शुरू गरेका छन् ।
काभ्रेको प्रसिद्ध तीर्थस्थल नमोबुद्धबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्मको दौड शनिबार नमोबुद्ध स्तुपाबाट शुरू गरिएको हो । पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको पाँच सय किलोमिटर दुरी १६ दिनमा पूरा गर्ने छ ।
दौड उद्घाटन कार्यक्रममा बोल्दै सापकोटाले लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्दै देशैभर साहित्यिक जागरण ल्याउन आफूले यो भ्रमण गर्न लागेको बताए । ‘लुम्बिनी भ्रमण बर्ष २०७६ लाई सफल र साहित्यिक जागरण ल्याउनको लागि मैले यो नमोबुद्ध देखि लुम्बिनीसम्म दौड शुरु गरेको हँ ।’ सापकोटाले भने ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि एवं नमोबुद्ध क्षेत्र विकास समितिका पधादिकारीको उपस्थिति रहेको थियो । जिल्लाको प्रसिद्ध तीर्थस्थल नमोबुद्धलाई भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्मको पैदल दौड गरी शान्तिको पक्षमा मानिसमा उत्साह जगाउने उनको लक्ष्य रहेकाले धन्यवाद, बधाई र शुभयात्राको कामना गरेका थिए ।
सापकोटाले यसअघि २०७३ असोजमा १८ दिन दौडेर मेची महाकाली साहित्यिक दौड पुरा गरिसकेका छन् । उनले सोलुखुम्बु जिल्लाको ईम्जात्से हिमाल र मेरापीक हिमालको सपल आरोहण पनि गरिसकेका छन् ।