तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । तामाङ समाज ख्याङ्साङ्नाम्दो/बुसानले यहि जुन ९ आइतबार दक्षिण कोरियाको किम्हे शहरस्थित मुन्हावन हलमा नेपाली कथानक चलचित्र “ए मेरो हजुर ३” प्रदर्शनको तयारी पूरा भएको छ ।
“आफु बाचौ र अरुलाई पनि बचाऊ” भन्ने उदेश्यले रोशी गाँउपालिका वडा नं ३ काभ्रेपलाञ्चोक जिल्लाकी ५४ बर्षिया मिना तामाङ जो दुवै मृगौला पिडितको सहयोगार्थ चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
किम्हे बुसान परिवेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई मनोरञ्जन दिने उद्देश्यले प्रदर्शन गर्न लागेको उक्त चलचित्र नेपालमा दर्शकहरुले अत्याधिक रुचाएको चलचित्र हो ।
कलाकार अनमोल केसी र सुहाना थापाको मुख्य अभिनय रहेको उक्त चलचित्रको निर्देशन प्रसिद्ध नायिका झरना थापाको रहेको छ ।
आफ्नो कला, सस्कृति, भाषाको संरक्षण गरौं नेपाली चलचित्रलाई माया गरौं भन्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थित भइ चलचित्र हेरि सामाजिक कार्यमा हातेमालो गरिदिनु हुन आयोजक कमिटिका कार्यबाहक अध्यक्ष सुजित घिसिङले हार्दिक अनुरोध गरेका छन् ।
























