तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । नव सेलो गायक राज ब्लोनको तामाङ सेलो दोहोरी गीत पिङ्गै मार्चा थुलाको अडियो युट्यूबमा मंगलबार सार्वजनिक भएको छ ।
तामाङ गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै नव गायक-गायिकाले आफ्नो गीत संगीतमा प्रवेश हुने क्रम बढ्दो छ ।

नव गायक राज ब्लोन बिगत ३ बर्षदेखि दक्षिण कोरियामा रोजगारी गर्दै आफुलाइ झण्डै २ बर्ष यता शब्द रचना र गीतमा सशक्त भै आफ्नो स्वर दिदैं आएको पाइन्छ ।

उनले बिशेषताः सेलो गीत संगीतलाइ रोजेका छन् । गायक ब्लोनको पहिलो गीत ‘भट्टीला साहुनी’, र दोस्रो गीत ‘नाना छामे’लाइ यस अघि नै दर्शक श्रोतासामु पस्केका थिए ।

साथै गायक ब्लोनले गायक ज्ञान लामाको पहिलो गीत ‘नुवाकोटे मैच्याङ’ लगायत अन्य गीतहरूमा समेत आफ्नो शब्द  स्वर दिइ सकेका छन् ।

उनको यो तामाङ सेलो गीत “पिङ्गै मार्चा थुला” तेस्रो गीत हो । यो गीतमा शब्द स्वयम गायक ब्लोनको रहेका छभने स्वरमा गायक ब्लोनलाइ तामाङ गीतसंगीतको क्षेत्रमा चर्चित गायिका जितु लोप्चनले साथ दिएका छन् ।

यो गीतमा सानु बाबु घिसिङको संगीत, नोर्बु शेर्पाको एरेन्ज र रेकार्डिङ साथै दिपेश प्रधानको मिक्सिङ रहेको छ ।

सरगम रेकार्डिङ स्टुडियोमा रेकार्ड भएको गीत ‘डम्फू मिडिया’को युट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ ।

 

गीत सुन्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला….

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।