काठमाडौं । ललितपुरको एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सि डिभिजन छनौट खेलमा तेमाल फूटबल क्लबले आफ्नो जीत शुरु गरेको छ । आज भएको खेलमा तेमाल फूटवल क्लबले नुवाकोट यूनाईटेड फूटबल क्लबलाई ७–२ को अन्तरले जीत हासिल गर्न सफल भएको हो ।
अखिल नेपाल फूटबल संघको आयोजनामा संचालन गरिएको सि डिभिजन छनोट खेल अन्तर्गत समूह के मा रहेको तेमाल फूटबल क्लब र नुवाकोट यूनाइटेड फूटबल क्लब बीच आज खेल भएको थियो ।
खेलमा तेमाल फूटबल क्लबको तर्फबाट ब्यक्तिगत ३ गोल गर्दै सरद राइले ह्याट्रिक गर्न सफल भयो भने सुशन्त तामाङले २, रुपेश अधिकारीले १, विशाल माझिले १ गोल गरेका थिए ।
यसैगरि नुवाकोटको लागि बिकाश थापामगरले २ गोल गरेको थियो । अब दोस्रो खेल जेष्ठ २४ गते शुक्रबार दिनको १ बजे बजे नव जनजागृती युव क्लब बिच हुनेछ । समूह बिजेता बन्नको लागि भने तेमाल फूटबल क्लबको लागि अर्को खेल हरु पनि जित्न जरुरी छ ।
























