भक्तपुर ।पप तथा सेलो गायक अभिषेक तामाङको नयाँ तामाङ गीत “नत सम्सी धोला माया” बोलको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ।

फोटो साैजन्य:- विकासदेव योञ्जन ।

तामाङ लभ गीतहरुले हाल निकै बजार तताइ रहेको बेला यस गीतले दर्शकको मन जित्न सक्ने निर्माण पक्षले बताएका छन् ।

यस गीतमा नायक सागर घिसिङ र नव मोडल सुजीना गोले अभिनय गरेका छन् ।
शब्द कुमार स्याङबाको रहेको उक्त गीतमा संगीत संयोजन अभिषेक तामाङले गरिको छ भने स्वर गायक अभिशेक तामाङलाई र गायिका सृजना स्याङतानले साथ दिइएकी छिन् ।

फोटो साैजन्य:- विकासदेव योञ्जन ।

निर्देशन सोनाम पाख्रिन,छायांकन सन्जीत श्रेष्ठ
र ड्रोन पाईलट सुरेश घिसिङले गरिएको छन् ।

यस भिडियोमा भक्तपुर जिल्लाको गुन्डु अासपासका रमणीय दृश्य अवलोकन गर्न सकिनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।