काठमाडौ । तेस्रो आदिबासी जनजाति चलचित्र महोत्सबको सम्पुर्ण तयारी पुरा भएको बताएका छ।
जेष्ठ २४ शुक्रबार देखि २६ गते सम्म राष्ट्रिय सभागृहमा हुने महोत्सव बारेमा अादिवासी जनजाति महासंघका उपाध्यक्ष तथा महोत्सव प्रचारप्रसार विभाग संयोजक विकु थोकरले जानकारी दिएका हो।
महोत्सवमा बिहान १० बजेबाट शुरु गर्ने भएको छ।भने विभिन्न अादिवासी जनजातिहरुको अा- अाफ्नो भेषभुषका साथै झाँकी प्रदर्शन गरि भृकुटीमण्डप,देखि टुँडिखेल ,खुलामञ्चलाई र्यालीले परिक्रमा गर्ने बताएका छन् ।
अादिवासी जनजाति चलचित्रको प्रवर्द्धन, माैलिक भाषा साँस्कृतिक संरक्षण भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दकिशोर पुन को प्रमुख अतिथ्यतामा यहि जेष्ठ २४देखि २६ गतेसम्म राष्ट्रिय सभागृह काठमाडौंमा तिन दिने तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सब २०७६ कार्यक्रम सम्पन्न हुने अायोजकले जानकारी दिएका छ।
विगत ३ वर्ष देखि महोत्सव गर्दै अाएका महासंघले यो महोत्सवलाई भने निकै उत्साह पुर्वक हुने बताएका छ। चलचित्रको मध्यमबाट आदिवासी जनजातिहरुका मौलिक कला,संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण र प्रबर्द्धनका लागि आदिबासी जनजाति चलचित्र महोत्सब-२०७६ कार्यक्रमका उदेश्य लिएको बताएका छ।