काभ्रे । जिल्लको चौंरीदेउराली गाउँपालिकामा स्थनीयतह स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएकोे छ । गत जेष्ठ २३ गतेदेखि २५ गतेसम्म भएको उक्त प्रतियोगितमा ७ स्वर्ण वटा पदक सहित बुद्ध हिमालय मावि प्रथम हुन सफल भएको छ ।

त्यसैगरि ५ वटा स्वर्ण पदक सहित जागृति मावि द्वितिय र ३ वटा स्वर्ण पदक सहितसरस्वती मावि तृतीय भएको छ । प्रतियोगतामा प्रथम हुने विद्यालयले नगद रु. २० हजार नगद, शिल्ड र प्रमाणपत्र, द्वितिय हुने विद्यालयले नगद रु. १५ हजार, प्रमाणपत्र, शिल्ड र तृतीय हुने विद्यालयले नगद रु. १० हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । विजेता खेलाडीहरुलाई प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले पुरस्कार तथा खेलकुद सामग्री समेत हस्तान्तरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत विभिन्न १० वटा खेल समावेश गरिएको थियो । प्रतियोतिा शटपुट छात्र।छात्रा, भलिवल छात्रा।छात्र, रिले हिट छात्रा।छात्र, रिले फाइनल छात्र, छात्रा, दौड छात्रा।छात्र, हाइजम्प, ट्रिपल जम्प लगायतका खेलहरु समावेश गरिएको थियो ।

यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य सांसद रत्न ढकालले एक कार्यक्रमका बीच गरेका थिए । प्रतियोगितामा सूर्योदय मावि, खाँडादेवी मावि, बुद्ध हिमालय मावि, ग्राम विकास मावि, सरस्वती मावि, जागृति मावि, अरानिको मावि, प्रभा मावि, स्वस्थानी मावि, श्रृजनाशिल मावि, देउराली मावि, भूमिस्थान माविका विद्यार्थीहरुले भाग लिएका थिए ।

समापन कार्यक्रममा सभासद रेणुका चौंलागाईं, गापा उपाध्यक्ष ताराकुमारी चौ.लागाईं, प्रशासकीय अधिकृत वलराम लम्साल, जिल्ला शिक्षा समितिका सदस्य तथा नेकपा नेतृ रीता ढकाल, अनेरास्ववियूको पूर्व केन्द्रीय उपाध्यक्ष दीपक गौतम, विव्यस अध्यक्षहरु, प्रधानाध्यापकहरु, शिक्षकहरु, अभिभावकहरु लगायतका उपस्थिति रहेका थिए ।

प्रतियोगितामा बिजेता विवरण यस्तो छः
भलिवल छात्रा तर्फ बुद्ध हिमालय मावि प्रथम, द्वितिय स्थान सरस्वती मावि, तृतीय जागृति मावि भएका छन् भने छात्र तर्फ प्रथम खाँडादेवी मावि, द्वितिय सरस्वती मावि र तृतीय जागृति मावि भएको छ ।

४ सय मिटर रिले प्रतियोगितमा छात्र तर्फ प्रथम जागृति मावि, द्वितिय श्रृजनाशी मावि, तृतीय बुद्ध हिमालय मावि, छात्रा तर्फ प्रथम बुद्ध हिमालय मावि, द्वितिय जागृति मावि र तृतीय अरनिको मावि भएको छ ।

सटपूट छात्र प्रथम श्रृजनाशिल मावि, द्वितिय खाँडादेवी मावि, तृतीय प्रभा मावि, छात्रा तर्फ सरस्वती मावि प्रथम, प्रभा मावि द्वितिय र श्रृजनाशिल मावि तृतीय भएको छ ।
त्यसैगरि ट्रिपल जम्पमा छात्रा तर्फ प्रथम बुद्ध हिमालय मावि, द्वितिय स्वस्थानी मावि र तृतीय जागृति मावि र छात्र तर्फ प्रथम श्रृृजनाशिल मावि, द्वितिय जागृति मावि र तृतीय बुद्ध हिमालय मावि भएको छ ।

हाइजम्प छात्रा तर्फ प्रथम जागृति मावि, द्वितिय प्रभा मावि र तृतीय ग्राम विकास मावि र छात्र तर्फ प्रथम जागृति मावि, द्वितिय बुद्ध हिमालय र तृतीय श्रृजनाशिल मावि भएको छ । लङ जम्प तर्फ छात्र प्रथम सरस्वती मावि, द्वितिय खाँडादेवी मावि र तृतीय अरनिको मावि भएको छ भने छात्रा तर्फ प्रथम बुद्ध हिमालय मावि, द्वितिय जागृति मावि र तृतीय ग्राम विकास मावि भएको छ ।

समापन कार्यक्रममा चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले सम्पूर्ण सहभागी खेलाडी, विद्यालय, शिक्षक, अभिभावकहरुलाई धन्यवाद दिए । अध्यक्ष गौतमले विजेता खेलाडी र विद्यालयलाई बधाई समेत ज्ञापन गरे । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत वलराम लम्साल, जिल्ला शिक्षा समितिका सदस्य रिता ढकाल, विद्यार्थी नेता दीपक गौतम लगायतले मन्तव्य राखेका थिए ।

























