काठमाडाैँ ।गत जेष्ठ २४ गते शुक्रबारबाट राष्ट्रिय सभागृह काठमाडौमा भएको अादिवासी जनजाति चलचित्र महोत्सव २०७६ सांगीतिक कार्यक्रम सहित भव्य र सभ्य रुपमा आइतबार सम्पन्न भएको छ।
चलचित्र महोत्सव २०७६ मा विभिन्न जनजातिहरुको भेषभुषामा निकालेका र्यालीबाट कार्यक्रम स्थल राष्ट्रिय सभागृहमा प्रवेश गरि उप-राष्ट्रपति नन्दकिशोर पुनको प्रमुख अातिथ्यतामा उद्घाटन गरिएका थियोे ।
दैनिक रुपमा चलचित्र अवलोकन गर्ने दर्शकहरुको एकदमै उल्लेखनीय रहेको अादिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले बताएका छ। ।अध्यक्षले राज्यको सम्बन्धित निकायलाई इंगित गर्दै जनजाति चलचित्रलाई उचित स्थान दिनुपर्ने ध्यानाकर्षण गराएका छ।
अादिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष तथा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले अाफ्नो मन्तव्यको क्रममा महोत्सवले जनजाति चलचित्रको लागि अबको दिनमा गुणस्तरीय चलचित्र निर्माण गर्ने टेवा पुर्याउन सक्ने बताएका छ।हरेक हिसाबले यो महोत्सव ऐतिहासिक भएको दाबीसमेत गरेका छन् ।
समापनमा चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।भनेर अध्यक्ष अमृत बहादुर सुनुवार सभापतित्वमा भएको थियो ।
महोत्सवमा विभिन्न उत्कृष्ट ८ बिधामा अवार्ड प्रदान गरिएको थियो ।
जसमा छोटो चलचित्रको विधाबाट ‘पुल्टी’ चलचित्र उत्कृष्ट भएका छ।भने सुनुवार समुदायमा आधारित तयार पारिएको वृत्तचित्र ‘छेँगु’ उत्कृष्टमा छनोट भएको छ।
अन्य विधामा चलचित्र ‘यारी’बाट युवराज राईले उत्कृष्ट छायाँकारको उपाधि हात पारे । उत्कृष्ट महिला कलाकारको उपाधि बिनिता थापामगरले हात पारिन् भने उत्कृष्ट पुरुष कलाकारमा बलबहादुर गुरुङले जितेका छन् । साथै उत्कृष्ट निर्देशक विधामा भने जसु गुरुङले उपाधि हात पारिएका छिन् ।
२० चलचित्र मध्येबाट उत्कृष्ट चलचित्रमा ‘के'(च्याब्रुङ)ले उपाधि जित्न सफल भएको छ ।
त्यसैगरी पब्लिक च्वाईस अवार्ड विधामा चलचित्र “रिजेनासा”ले प्राप्त गरेको छ । उत्कृष्ट चलचित्र अवार्ड प्रमुख अतिथि चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईले प्रदान गरेका थिए ।
सांगीतिक कार्यक्रममा गायक बिशाल थिङको बेजोड प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिएका थिए भने अन्य विभिन्न भाषा, भाषीका गीत र नृत्य प्रस्तुति समेत राखिएका थिए।