काभ्रे । होटल तथा पर्यटन व्यसायी संघ, नेपाल प्रदेश ३ को प्रथम अधिवेशन काभ्रेको बनेपामा हुने भएको छ । संघले आज एक पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन आगामी श्रावण ११ र १२ गते गर्ने घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा संघका संयोजक सन्तोष उप्रेतिद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा २०२० मा २० लाख बाह्य पर्यटक भित्र्याउँदै सरकारले नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको सन्दर्भमा यसलाई टेवा पु¥याउन कटिबद्ध रहेको जानकारी दिए ।
‘व्यवसायीहरुको नेतृत्व एवं व्यक्तित्व विकास गर्दै होटल तथा पर्यटन क्षेत्रमा लगानी भित्र्याउने, सम्पदाहरुको प्रचारप्रसार र संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने, समग्र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने, प्रदेश ३ अन्तर्गत रहेका १३ वटै जिल्लाको आर्थिक विकास गर्ने, यस क्षेत्रको व्यापार प्रबद्र्धन गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न टेवा पु¥याउने लगायतका उद्देश्यले यस क्षेत्रका व्यवासयीहरुको यो सम्मेलन गर्न लागिएको हो ।’ विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनको उद्घाटन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडलले गर्ने छ भने सम्मेलनमा कूल ४ सय ५० भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।
























