काठमाडौं । ‘तामाङ अन्तर्राष्ट्रिय स्वतन्त्र चलचित्र महोत्सव– २०१९’ विहिबार सम्पन्न भएको छ ।

राजधानीमा दुई दिनसम्म चलेको उक्त महोत्सवको अयोजना तामाङ आवाज र सेलो फाउण्डेसनले गरेको हो भने एससीआरसीको सहकार्य रहेको थियो । महोत्सवमा विभिन्न प्रकारका १९ वटा लघु चलचित्रले भागल लिएको थियो ।

महोत्सवको समापन कार्यक्रममा महोत्सवका अध्यक्ष बिगेन्द्र वाईबा तामाङको सभापतित्वमा र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । विहिबार साँझ तामाङ खानापानका साथ नयाँ बानेश्वर स्थित शीतल चौतारीमा पुरस्कार वितरण गरिएको थियो ।

‘स्ह्यामा पिन्बा’ उत्कृष्ट

महोत्सवमा ‘स्ह्यामा पिन्बा’ नामक लघु चलचित्रले ग्राण्ड जुरी अवार्ड सेमरी छोरङान पाएका छन् । उक्त चलचित्रले अवार्डसँगै नगद ५० हजार रुपैयाँ समेत जितेको छ । सन्चु थोकरद्वारा निर्देशित यस चलचित्र १६ मिनेटको रहेको छ ।

उक्त लघु चलचित्रमा नुवाकोट जिल्ला आसपासका तामाङ समुदायको छोरीलाई हुर्केपछि ‘स्ह्यामा पिन्बा’ प्रचलनलाई जस्ताको तस्तै उतार्न खोजिएको छ ।

त्यसैगरि पब्लिक च्वाइस अवार्ड नगद रासी सहित ‘छ्यो पोङ’ फिल्मलाई, स्पेशल मेन्सन एवार्ड– ‘म्हेन्दोमाया’ डकुमेन्ट्रीलाई, इन्करेजमेन्ट अवार्ड ‘नोर्बु’ चलचित्रलाई, डकुमेन्ट्रीतर्फबाट बेस्ट डकुमेन्ट्री अवार्ड ‘मधुराजा’ चलचित्रलाई, लघु चलचित्रबाट बेस्ट फिल्म अवार्ड नगद रासी सहित ‘क्युई’ चलचित्रले हात पारेको हो ।

बुद्धचित्त, स्ह्यामा पिन्बा, मधुराजा, छ्यो पोङ, जर्नी टु सिङ्ला, ह्याङ्ला बोन, पिलग्रिम टु पाँचपोखरी, क्युई, संस्कार, स्वयम्भु तेमाल जात्रा, नोर्बु, सैलुङ यात्रा, धुर्सा, तउसर माने जात्रा, शिशाघासा, गिफ्ट फ्रम मदर, म्हेन्दोमाया र फापारे ह्वाईले सहभागी भएका थिए । महोत्सवमा नेपाल, अमेरिका, जापान, क्यानडा लगायतका देशहरुबाट प्रतिनिधित्व हुने चलचित्रहरु प्रस्तुत गरिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।