भक्तपुर । तामाङ चलचित्र क्षेत्रका ब्यस्त चर्चित नायक कुमार मोक्तान र मोडल प्रिया तामाङद्वारा अभिनय गरेको तामाङ लभ गीत ताङ्वा ङला चु सेम बजारमा अाएका छ।
काभ्रे जिल्लाको ऐतिहासिक तेमालका धार्मिक स्थलहरु ह्रो साईवा,काकालिङ,तेमाल गाङको अविस्मरणीय दृश्यहरुको भिडियोबाट अवलोकन गर्न सकिनेछ ।
शब्द ज्ञानदास तामाङ , संगीत निमा दोङका रहेको गीतमा गायक निमा दोङ र जितु लोप्चानको सुमधुर अावाजमा सजिएको छन् ।
ह्याङला को म्हेन्दो मिडिया हाउसको प्रस्तुतिमा निमार्ण भएको भिडियोमा निर्देशन सुनिल मोक्तानले गरेको हो भने भिडियोको छायांकन लक्षुमन घिमिरेले गरेको छ।
गीतको एरेन्जर दिपेश प्रधानले र मिक्सिङ गोविन्द सोनिले गरेका छन।
भिडियो हेर्नुहोस्:
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























