काभ्रे । जिल्लको बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा प्रथम ज्ञानकुञ्ज म्याराथुन–२०७६ सम्पन्न भएको छ । प्रतिष्ठानले देशैभरिको एर्सईई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई समेटेर आज को म्याराथुन प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा छात्र तर्फ ७.५ किलोमिटरको म्याराथुनमा वाल निकेतन विद्यालय बनेपाका प्रवेश राईले २७.०७ मिनेटमा पार गरी प्रथम हुन सफल भएका छन् । उनले नगद १५ हजार, सिल्ड र प्रमाणपत्र पाएका छन् । त्यसैगरि द्वितियमा सोही विद्यालयकै सुकराम बम्जन भएका छन् । उनले १० हजार नगद, मेडल र प्रमाणपत्र पाएका छन् भने तृतीया प्रभात विद्यालय भक्तपुरका अरफिन्ट तामाङ भएका छन् । उनले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाएका छन् ।

त्यसैगरि ३ किलोमिटर छात्रा तर्फ जेसि विद्यालय भक्तपुरकी श्रेयष्का सिल्पकार प्रथम भएकी छिन् । उलने उनले नगद १५ हजार, सिल्ड र प्रमाणपत्र पाएका छन् । द्वितियमा सोही विद्यालयकी प्रकृति सुवाल भएकी छिन् । उनले उनले १० हजार नगद, मेडल र प्रमाणपत्र पाएका छन् भने तृतीयमा सेन्टलम एकेडेमीकी दुर्गा श्रेष्ठ भएकी छिन् । उनले उनले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाएकी छिन् ।

पुरस्कार वितरण कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको अध्यक्षतामा तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. श्री रामकण्ठ माकजूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको समापन भने प्रथम ज्ञानकुञ्ज म्याराथुनका संयोजक इन्जीनियर श्री जेन्डी बादेले गरेका थिए । नगद पुरस्कारको प्रायोजन छात्राको लागि ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले र छात्रको लागि माछापुच्छ बैक, बनेपाले गरेको थियो ।
कार्यक्रममा काभ्रे जिल्लाका एकमात्र अन्तराष्ट्रिय रेफ्रि ससस्त्र प्रहरी निक्षिक विजय कुमार के.सी., म्याराथुन धावक राकेश तामाङ र म्याराथुन धावक हरिसुन्दर बैद्यलाई सम्मान समेत गरेको थियो ।
























