तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । छुसकमा तीन जिल्लाको संयुक्त आयोजनामा हुन गइरहेको सांगितीक कार्यक्रममा चर्चित मंगोलियन हार्ट ब्याण्ड र दर्जनौ कलाकारहरूको साथमा सांगितीक कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा सहभागिताको लागि चर्चित गायक राजु लामाको मंगोलियन हार्ट ब्याण्ड, चर्चित गायिका आस्था राउत, नेपाल आइडल सिजन १ को फस्ट रनरअप प्रताप दाससंग सम्झौता भैसकेको दोलखाली समाजका अध्यक्ष सरोज केसीले जानकरी दिए । नेपालबाट आउने अन्य कलाकारहरूसंग टुङ्गो लगाउने प्रकृयामा रहेको समेत केसीले बताएको छ ।
मनोरञ्जनात्मक, सामाजिक, परोपकारी कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन आ-आफ्नो ठाँउबाट सक्दो साथ र सहयोग पुर्याइदिन हुन रामेछाप सम्पर्क समितिका अध्यक्ष रविप्रताप घिसिङले कोरियावासी सम्पूर्ण नेपालीहरूलाइ आह्वान गरेका छन् ।
सामाजिक उद्धेश्य राखी दोलखाली समाज, सिन्धुपाल्चोक सेवा समाज र रामेछाप सम्पर्क समितिले कोरियामा तीनै जिल्लाले संयुक्त रुपमा कार्यक्रम आयोजित कार्यक्रम अगामी सेप्टेम्बर १२ तारिकमा हुने भएको हो ।