भक्तपुर । पर्वतारोही शर्मिला स्याङतानलाई सम्मान तथा  तामाङ भाषाको टेली सिरियल आबा ङाच्छाले रजत महोत्सव साँस्कृतिक कार्यक्रम २०७६ सहित मनाउने भएको छ ।

डिस होमको रमाइलो एच डि बाट बिहीवार बेलुका प्रसारण हुँदै आइरहेको श्रंखलाको निर्देशन सिने पत्रकार जयन कुमार मोक्तानले उक्त कार्यक्रम हुन लागेको बारे जानकारी दिएको हो।
कार्यक्रम असार ७ गते राष्ट्रिय नाचघर जमलमा मनाउने तयारी भएको अायोजकले बताएका छन्

कार्यक्रमकै अवसरमा विश्वकै अग्लो शिखर सगरमाथा आरोही शर्मिला स्याङतानलाई सम्मान कार्यक्रम समेत रहेको छ । नेपाली सिरियल हेर्ने बानी बसेका तामाङ दर्शक हरुलाई आफ्नो भाषाको सिरियल हेर्न बानी बसाउन सफल भएको सिरियल आबा ङाछाले रमाइलो र हसाउने मात्र नभै तामाङ समुदायको सस्कार, धर्मिक, परम्परा र पहिचाको संरक्षण र प्रबर्धन सेमत गरेको बताउछन ।

बढिजसो तामाङ भाषा र केही पात्रगत हिसाबले नेपाली भाषा समेत मिसाइएको सिरियल तामाङ भाषासँगै तामाङ भेषभुषामै देखिने कलाकारहरुले तामाङ भाषामा निकै स्वादिला कमेडी डाईलगहरु बोल्छन् ।

सिरियलमा जयनकुमार मोक्तान, फुलमान फुलमान स्याङ्तान, सुरेन्द्र स्याङ्बा, उदाश लामा, गोर्खा घिसिङ, सन्तोष लामा, कविता दोङ, मिस शंखु, कुमार लामा, विशाल मोक्तान, सुस्मिता तामाङ, राजिव लामा, मिना दोङ तामाङ,अञ्जु तामाङ, अर्बिन्द कापर, शन्देश थिङ, कमल कुमाल, सुनमाया दोङ लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ ।

टेलिसिरियलमा स्याउरी माया, खेलाडी, सिक्टी, कोल्टेङ जस्ता पात्रहरुले पेट मिची मिची हँसाउने गर्छन् ।
योगेन्द्र कार्कीको छायाँकन रहेको टेलिसिरियललाई सविता लामाले निर्माण गरेकी हुन् । आबा ङाछाको शिर्ष गीतलाई प्रयास दोङले संगित र आवाज दिएका छन् भने शिर्ष गीत डुपसाङ तामाङले लेखेका हुन । चलचित्रको ब्याकग्राउण्ड स्कोर कुमार लामा योञ्जनले सम्हालेका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।