भक्तपुर । तामाङ समुदायमा गायिका शशिकला मोक्तान एक चर्चित नाम हो।जबकि गायिका अाफ्नो प्रस्तुति लिएर स्टेज चढ्दा सबै दर्शकहरुले चिन्ने र मन पारेकी गायिका हुन् शशिकला।
सांगीतिक क्षेत्रमा अाफ्नो कर्म क्षेत्र बनाउदै अाएकी गायिका फेरि तामाङ सेलो बजार बिल्कुलै पृथक गीत लिएर अाएका छिन्।
जुन गीत हो नाचिन्छ, नाचिन्छ कम्मर भाँचिन्छ।
भन्ने तामाङ सेलो चर्चित गायिका शशिकला मोक्तानको ‘नाचिन्छ नाचिन्छ कम्मर भाँचिन्छ’ बोलको गीतका म्युजिक भिडियो धु सार्वजनिक भएको छ ।
बुधबार राजधानीको चाबहिलमा बरिष्ठ कलाकार जयनन्द लामा, ईन्दिरा गोले, रोज मोक्तान, नेपाल तामाङ कलाकार संघको अध्यक्ष संजीव वाईबा लगाएतको हातबाट भिडियोलाई सार्वजनिक गरिएका हो।
भिडियोमा अभिनय बर्षा थिङ र छिरिङ लामाले गरिएको छ। गीतमा बिनय लामाको शब्द, संगीत रहेको छ। भने गायिका शसीकला मोक्तानको सुमधुर अावाज रहेको छ । हेरुका लामाको निर्देशक तथा कोरियोग्राफर एस.के महर्जनको छायांकन रहेको भिडियोलाई दिलिप योन्जनले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस्।
























