काभ्रे । काभ्रे जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा आज (शनिबार) सहकारी कानून तथा कर सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रत्येक महिनामा कुनै न कुनै रुपमा सहकारीहरुको गतिविधिहरुलाई नियमित रुपमा सञ्चालन गर्दै आइरहेको संघले आज सहकारी कानून तथा कर सम्वन्धि व्यवस्था सम्वनिध १ दिने तालिमको आयोजना गरिएको हो ।

कार्यक्रम भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मनत्रालयका सचिव गोपिनाथ मैनालीको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव मैनालीले सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ मा भए गरेका व्यवस्थाका बारेमा सहजिकरण गरेका थिए । मैनालीले सहकारीका सन्दर्भमा गर्दै हाएका बिषयहरु तथा यसमा देखिएका समस्या तथा चूनौतीहरुलाई सामना गर्न सहकारीहरु आफै व्यवस्थित, मर्यादित तथा पारदर्शीताका आधारमा सञ्चालन गर्न सुझाव समेत दिए ।

‘सहकारी संस्थाहरुले सहकारी ऐन तथा नियमावलीका आधारमा एउटै ठूलो सहकारीको रुपमा व्यवस्थित रुपमा सञ्चालन गर्दै सिंगो अभियानलाई सहयोग पुर्याउनुपर्छ ।’ उनले भने ।

त्यसैगरि कार्यक्रममा सहकारी कर सम्वन्धि व्यवस्थाकाबारेमा सि.ए विनोद फुयाँलले सहजिकरण गरेका थिए । फुयाँलले सहकारीमा प्रत्येक बर्ष लेखा परिक्षणका समयमा देखा पर्ने समस्या तथा हाल नयाँ लागु भएको सहकारीका कर लगायतका बिषयमा राज्यको निति तथा बजेटमा सम्वोधन भएका बिषयमा आधारीत भई सहजिकरण गरेका थिए ।

बिहान ८ बजे देखि ४ बजेसम्म सञ्चालित उक्त कार्यक्रममा जिल्लाभरका ९० जना सहकारीका अध्यक्ष, उपाध्यक्ष, सचिव, व्यवस्थापक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुलीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव दिलिप शर्माले गरेका थिए । स्वागत स्वागत मन्तब्य संघका सञ्चालक सदस्य ठाकुरनाथ अधिकारीले गरेका थिए ।

कार्यक्रममा सहभागिहरुले सहकारी संस्थाको लेखा परिक्षण गर्ने समयमा भएको तालिम निकै उपलब्धि मूलक भएको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै जानुपर्ने बिचार राखेका थिए ।

जिल्ला सहकारी संघले जिल्लामा रहेका १५ सय वटै सहकारी संस्थाहरुको अभिलेखीकरण गर्ने र सबैलाई जिल्ला सहकारी संघमा आबद्धता गराउने नीति लिएको छ ।

सहकारीहरुलाई क्षमता विकास तथा सहकारी सम्वन्धि विविध बिषयमा जानकारी गराउने कार्य जिल्ला सहकारी संघ लि को भएकोले जिल्लामा रहेका करिव १५ सय वटा सहकारी संघ÷संस्थाहरुको छाता संघ रहेकोले सबै प्रकृतिका सहकारीहरुलाई निति, विधि तथा प्रविधि मैत्री बनाउनु लागिएको जिल्ला सहकारी संघ लि. का सचिव दिलिप शर्माले बताए ।

यस अघि जिल्ला सहकारी संघ लि.ले जिल्लामा सहकारीको प्रवद्र्धन विकास र क्षमता अभिबृद्धि गर्दै एक सय भन्दा बढी कार्यक्रमहरु सञ्चालन गरिसकको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।