काठमाडाैँ । तामाङ टेलि सिरियल ‘आपा ङाछा’ को २५ औँ भागका रजत महोत्सव मनाएको छ।
शनिबार काठमाडौंको राष्ट्रिय नाचघर जमलमा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख अातिथ्यतामा सम्पन्न भएको हो ।
‘ह्याङला मिडिया हाउस’को प्रस्तुति निर्माण गरिएको अाबा ङाछाको २५ अाैं भागको उपलक्ष्यमा काठमाडौंमा साँस्कृतिक तथा सम्मान कार्यक्रम – २०७६ भएको थिए।
विश्वका उच्च सगरमाथा आराेही शर्मिला तामाङ स्याङतानलाई उक्त कार्यक्रमबाट सम्मानित गराएकी थिए।
विशेष ओईपिएलका अध्यक्ष दयाराम पाण्डे अतिथि नायक कुमार मोक्तान, नायिका चाँदनी मोक्तान, नायिका रन्जिता ब्लोन, निर्देशक डि बि दोङ, निर्देशक बिनायक तामाङ, नायक तथा लेखक ऋतुराज पाख्रिन, नायिका सुनिता लुङ्बा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममाबाट अाबा ङाछा परिवार, मिडिया क्षेत्रमा योगदान पुर्याउनु भएकाहरुलाई र सहयाेगीहरूलाई कदर पत्रद्वारा सम्मान गरेका थिए । 
“आपा ङाछा” टेलिसिरियल तामाङ समुदायमा राम्राे चलेकाे कार्यक्रम हाे । यसले समाजमा घटेका विभिन्न घटनाहरूलाई व्यङ्यात्मक तरिकाले प्रस्तुत गर्दै आइरहेका छन्।
‘आपा ङाछा’कार्यक्रममा निर्देशक जयन कुमार माेक्तानका सभापतित्वमा थियाे भने मिक्साङ वाइवाले कार्यक्रम संचालन गरेकी थिइन् ।
























