तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । नेपाल तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसाङनाम्दोको संयुक्त आयोजनामा आउँदो जुलाईको २७ र २८ तारिखका दिन ह्याङला रिमठिम बृहत बनभोजको आयोजनामा हुने भएको छ ।

दक्षिण कोरियाको रमाइलो ठाउँ छुङनाम खुम्सान गुन छुबुम्यान सङदाङ (충남 금산군 추부면 성당) को सदेसान ड्रिम रिसोर्टमा बनभोज कार्यक्रम गर्ने नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबाले जानकारी दिए ।

यो ठाउँ एकदमै प्रसिध्द कोरियन रिसोर्ट हो । कार्यक्रममा तामाङ लगायत दक्षिण कोरियामा रहेका गैर तामाङहरूको रमाइलोको उचित कार्यक्रमको गन्तब्य बनाउन सकिने आयोजकले जनाएको छ ।

‘हामी तामाङहरु सांस्कृतिक रुपमा पनि धनी छौ । बनभोजमा कार्यक्रममा तामाङ समुदायको पराम्परागत खाना र सांस्कृतिक प्रदर्शनी हुनेभएकोले पनि कोरियावसी सम्पूर्णमा उपस्थितीका लागि तामाङ समाज ख्यङ्साङनाम्दोका कार्यवाहक अध्यक्ष सुजित घिसिङ अपिल गरेको छ ।

कोरियामा क्रियाशील विभिन्न तामाङ समुदाय तथा संघ–संस्थाहरूबीच सम्बन्ध प्रगाढ बनाउने भएकोले पनि यस बनभोजलाइ एतिहासिक बनाउने तयारीमा लागि परेको तामाङ संघ दक्षिण कोरियाका महासचिब गोकुल थोकरले बताएको छ ।

उक्त रिसोर्टमा एकैपटकमा ७ सय जना पौडी खेल्नसक्ने क्षमता वाटर पार्कको साथै धेरै मानिसहरु एकै पटक BBQ गर्ने सक्ने व्यवस्था रहेको छ ।नजिकै पदयात्राका लागि पहाडहरु पनि रहेका छन् । वनभोजमा सहभागी हुनको लागि महिलालाई ७० हजार वन र पुरुषलाई ८० हजार वन शुल्क लाग्ने आयोजकले बताएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।