भक्तपुर । नत सम्सि धोला माया नत च्यासी म्राङला भन्ने गीतका म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ। निकै सम्भावना बोकेको गायक तथा संगीतकार अभिषेक तामाङले तामाङ लभ गीतहरु बजारमा अत्याधिक आइरहेको बेला गायकले बिल्कुलै नयाँ तामाङ लभ गीत बजारमा ल्याएको छन् ।

भक्तपुरको सुर्यबिनायक अवस्थित माउन्टेन मल्टिपल कन्सल्टेन्सीको सभाहलमा एक कार्यक्रमको अायोजना गरि उक्त भिडियो सार्वजनिक गरिएको हो।उक्त भिडियोमा निकै व्यस्त नायक सागर घिसिङ र नव मोडल सुजीना गोलेेको एक अर्काको बिचमा निकै माया प्रेमका सम्बन्ध बढेको देखिन्छ ।

यो भने यथार्थ नभई म्युजिक भिडियो मात्रा हो। नायक तथा मोडल सागर घिसिङ र नव मोडल सुजीता गोले सशक्त अभिनय रहेको छ। नव मोडल सुजीना गोले भने पहिलोचोटि डेभ्यु गरिएकी छिन् ।

शब्द कुमार स्याङवाको रहेको उक्त गीतमा संगीत संयोजन गायक अभिषेक तामाङले गरिको छ भने गायक अभिशेक तामाङलाई र गायिका सृजना स्याङतानले साथ दिइएकी छिन् । निर्देशन सोनाम पाख्रिन,छायांकन सन्जीत श्रेष्ठ र ड्रोन पाईलट सुरेश घिसिङले गरिएको छन् । म्युजिक भिडियोको छायांकन भक्तपुर जिल्लाको गुण्डु आसपासका रमणीय स्थलहरुको दृश्य अवलोकन गर्न सकिनेछ ।

नेपाल राष्ट्रिय तामाङ घेदुङको अध्यक्ष विरबहादुर योञ्जनको प्रमुख अातिथतामा भएको थिए।बिशिस्ट अतिथि तामाङ अतिथि नेपाल तामाङ घेदुङका महासचिव प्रविन कुमार बल,नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाईवा विशेष अतिथि शुक्र दोङ,कर्मा लामा लगायत विभित्र व्यक्तित्वहरुको उपस्थिति भएको थिए।

भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।