बनेपा । गायिका शर्मिला थिङको स्वरमा रहेको ‘सोझी चेली’ बोलको गीतको अडियो सार्वजनिक भएको छ ।

विभिन्न समयमा दर्शक र श्रोता माझ तामाङ सेलो पस्कीदै आएकी थिङले यसपटक भने नेपाली आधुनिक गीतको रुपमा ‘सोझी चेली’ बजारमा ल्याएकी हुन् । शुक्रबार सार्वजनिक भएको यो आधुनिक गीतको अडियोमा थिङको स्वर रहेको छ ।

यो गीतको शंब्द संगीत पासाङ स्याङ्तानको रहेको छ भने एरेन्ज भने कार्साङ लामाले गरेका छन् । यो गीतको अडियो जेरो सेरिज यूट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

थिङले यस अघि तामाङ जुहारी ‘क्यार्सेला चित्ते नाम्साग्याम’ बोलको गीत दर्शक श्रोतामाझ ल्याइसकी छिन् ।

अडियो सुन्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।