तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । नुवाकोट समाज दक्षिण कोरियाले गत फेब्रुअरी ५ तारिक कोरियाको सलनाल पर्बको अबसरमा आयोजित नुवाकोट साङ्गितिक सौगात २०१९ कार्यक्रमबाट एक करोड वन भन्दा बढी मुनाफा भएको सार्बजनिक गरेको छ ।

आइतबार दोङदेमुनस्थित एच डि मोबाइलको हलमा आयोजकका तर्फबाट नुवाकोट समाज दक्षिण कोरियाका कार्य समिति, संस्थाका संरक्षक, सल्लाहकार र पत्रकारहरुको पनि उपस्थितमा आय–ब्यय हिसाब सार्बजनिक गरिएको हो ।

कार्यक्रमको आयोजक कमिटीका आर्थिक संयोजक तथा नुवाकोट समाज द. कोरियाका उपाध्यक्ष राज दोङ तामाङले कुल आम्दानी ४ करोड ९५ लाख ६० हजार ८ सय १७ (४,९५,६०,८१७) वोन, खर्च ३ करोड ९१ लाख ७१ हजार ३ सय ०७ (३,९१,७१,३०७)वोन बाट कुल मुनाफा १ करोड ०३ लाख ६७ हजार १०(१,०३,६७,०१०) वोन  भएको जानकारी गराएको हो । यसैमा घोषणा गरेका सहयोग रकम ४ लाख १२ हजार उठ्न बाकीँ रहेका बताए । तामाङले आर्थिक सार्वजनिक समापनको क्रममा उक्त कार्यक्रमलाई सफल बनाउन तन मन धनले सहयोग गर्ने प्रदेश न.३ एकता समाज र कोरियामा रहेका सम्पुर्ण सहयोगी संघ–सस्थाहरु प्रायोजक, सौजन्यकर्ता, मिडिया पार्टनर, सहयोगी दाता, कलाकारहरु, कोरिया बासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आभार प्रकटसमेत गरेका छन् ।

उक्त कार्यक्रमको उद्देश्य नुवाकोटको विकट क्षेत्रका बालबालिका तथा बृद्ध नागरिकहरुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा टेवा पुर्याउने उदेश्यले राजधानी सौलमा उक्त कार्यक्रम गरिएको थियो | यसै अनुसार समाज ब्यबस्थापन तथा अक्षकोष कार्यबिधि निर्माण गरेर यथाशीघ्र उक्त क्षेत्रमा खर्च गर्ने नुवाकोट समाज द. कोरियाका अध्यक्ष सन्तोष कुमार राइले बताएका छन् |

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।