तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । दक्षिण कोरियाको प्रसिध्द म्योजक्सा टेम्पल स्टेको निमन्त्रणामा सउल नेपाल गुम्बा दक्षिण कोरियाले अगामी जुलाई १४ तारिख एक दिने टेम्पल स्टे गर्ने भएको छ ।

कोरियाको राजधनीबाट नजिकै ख्याङ्गी प्रान्तको नाम्याङजु शहरमा अवस्थित म्योजक्सा टेम्पल स्टेमा जान उक्तदिन आइतबार विहान साढेँ ८ बजे दोङ्देमुनबाट बसको ब्यबस्था गरिएको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिए ।

गुम्बामा मेडिटेशन, पूजापाठ, गुम्बा दर्शन, गुम्बा वरिपरी रमाणीय दृश्य अवलोकन गर्ने कार्यक्रम रहेको लामाले बताए । कोरियावासी नेपालीहरू कार्यक्रममा सहभागिता हुन इच्छुकले सिट सिमित रहेकाले समयमै सम्पर्क गरी नाम टिपाउन अनुरोध गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























