तेमाल । काभ्रे जिल्ला तेमाल गाउँपालि वडा नं. १ को आव २०७६।०७७ को बजेट २ करोड ८९ लाख ४४ हजार रहेको छ । वडा अध्यक्ष मानबहादुर श्रेष्ठका अनुसार गाउँपालिका स्तरीय र वडा स्तरीय योजना गरि यो बजेट वडा नं. १ मा यति परेको हो । वडा स्तरीय योजना अन्तर्गत १ करोड ४ लाख ४४ हजार र गाउँपालिका पालिका स्तरीय योजनामा १ करोड ८५ लाख रहेको छ ।
यसैगरि गाउँपालिका स्तरीय योजना ४ वटा र वडा स्तरीय योजना २७ वटा गरि ३१ वटा योजना वडा नं. १ मा रहेको वडा अध्यक्ष श्रेष्ठले तेमाल अनलाईनलाई जानकारी दिए ।
वडा अध्यक्ष श्रेष्ठले पूर्वाधार विकास, खानोपानीमा विशेष जोड दिएका छन् । महिला, दलित, जनजातिको लागि पनि उनले बजेटको व्यस्था गरेको छ ।
यस्तो छ उनको बजेटः
गाउँपालिका स्तरीय योजनाः
१. बोहोरे दोभान डाँडागाउँ माहुरे सडक स्तरोन्नति १ करोड ४० लाख
२. तेमाल प्रवेशद्वारा निर्माण बोहोरे दोभान १० लाख
३. खानीखोला खहरेखोला बृहत खानेपानी लिफ्टीङ ३० लाख
४. सालचौतारा भुपालेश्वर महादेवस्थान सडक निर्माण ५ लाख
वडा स्तरीय योजनाहरु
१. वडा स्तरीय कृषि कार्यक्रम ३ लाख ६३ हजार
२. वडा स्तरीय पशु औषधी व्यवस्थापन तथा उपचार २ लाख
३. चुखाखोला आधाबाट खानेपानी मर्मत २ लाख
४. ढालडाँडा खानेपानी पाईप खरिद १ लाख
५. गुठी संस्था फर्निचर तथा टेन्ड खरिद ३ लाख
६. खाँदेवी मन्दिर सिडी निर्माण २ लाख
७. महिला विकास तथा सिप विकास कार्यक्रम २ लाख
८. दलित आय अर्जन कार्यक्रम १ लाख
९. तामाङ सँस्कृति प्रवद्र्धन कार्यक्रम १ लाख
१०. सिमखोला झिकुखोला सडक मर्मत १ लाख
११. भञ्ज्याङ लामागाउँ कोटतेमाल सडक स्तरोन्नति ६ लाख
१२. धर्मखम्ब खानीदोभान कृषि सडक स्तरोन्नति ६ लाख ५० हजार
१३. बडालडाँडा खरपाले सडक निर्माण १ लाख ५० हजार
१४. तल्लो चौतारा लिस्ने गडेरे सडक निर्माण २ लाख
१५. सल्लामबोट कालीमाटी साउनेखोला सडक निर्माण ३ लाख
१६. लप्सीबोट कोटतेमाल सडक मर्मत २ लाख
१७. पुच्छारटोल च्यानडाँडा सडक निर्माण ३ लाख
१८. बोहोरे दोभान लामागाउँ सडक मर्मत २ लाख
१९. साउचेल पोखरी पानी सडक मर्मत १ लाख
२०. भोटटार अमलटारी सिंचाई निर्माण २ लाख ५० हजार
२१. कृष्ण मन्दिर निर्माण २ लाख
२२. भैंसेपाटी गणेश मन्दिर निर्माण १ लाख ५० हजार
२३. वडा नं. १ वडा कार्यालय भवन नर्माण ४० लाख
२४. गौशलेश्वर मन्दिर निर्माण १ लाख
२५. पाँकन्या मन्दीर रंगरोगन तथा सतल मर्मत ३ लाख
२६. सामुदायिक स्वास्थ्य इकाई रंगरोगन १ लाख ७५ हजार
२६. पञ्चकन्या आधार विद्यालय सरस्वती मन्दिर निर्माण ४ लाख
२७. वडा स्तरीय खेलकुद २ लाख ५६ हजार
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।