काभ्रे । जिल्ला सहकारी संघ काभ्रेले सहकारी बजार विकास कार्यक्रमलाई तीब्ररुपमा सञ्चालन गरेको छ । सहकारीमा आबद्ध रहेका शेयर सदस्यहरुले उत्पादन गरेका तरकारी तथा फलफुललाई ब्यवस्थित तरिकाले उपभोक्ता माझ सरल र सहज रुपमा पु¥याउन यो कार्यक्रम सञ्चालन गरेको हो ।

आम्दानी तथा खर्चलाई किसानहरुको हितमा पुर्याउने अभिप्रायका साथ सुरु भएको सहकारी बजार विकास कार्यक्रमलाई सम्भवत नेपालमा पहिलो पटक सहकारी मार्फत सञ्चालन भएको छ । जिल्लाको ३ वटा नगरपालिकाका ४÷४ वटा सहकारी मार्फत कार्यक्रम सुरु भएको हो ।

नेपाल सरकार, भूमि ब्यावस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा ६ वटा जिल्ला काभ्रेपलाञ्चोक ललितपुर, नुवाकोट, धादिङ्ग, मकवानपुर र चितवनमा सहकारी बजार विकास कार्यक्रम सुरु भएको छ । जिल्लामा जिल्ला सहकारी संघ लि.को सहयोगमा सञ्चालित यस कार्यक्रमले सम्बन्धित स्थानिय तहमा कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफुलहरुलाई सहकारी संस्था मार्फत बजार प्रबद्र्धन गर्ने लक्ष्य तथा उद्देश्य लिएको छ । पकेट क्षेत्रका कृषकहरुलाई सहकारी संस्थामा आबद्ध गराउँदैं सहकारी संस्था मार्फत कृषकहरुबाट उत्पादित फलफुल तथा तरकारीलाई स्थानीयस्तर, पालिकास्तरीय, जिल्लास्तर तथा आवश्यकताका आधारमा क्षेत्रीयस्तर र केन्द्रियस्तरमा संचालन हुने सहकारी बजारसम्म पु¥याउन आवश्यक प्राविधिक, पूर्वाधार विकास तथा नीतिगत सहयोग प्रदान गर्ने लक्ष्य लिएको छ ।

जिल्लामा कार्यक्रम संचालनका लागी छनौट भएका काभे्रपलाञ्चोक जिल्लाका स्थानिय तहहरु धुलिखेल नगरपालिकाका चार वटा पकेट क्षेत्रहरु क्रमशः रबी ओपी (देउराली), पातलेखेत, बतासे शंखु, र पकुचा रहेको छ । त्यसैगरी पाँचखाल नगरपालिकाका चार वटा पकेट क्षेत्रहरु क्रमशः तामाघाट वडा नं. ४ र ७, बालुवा वडा नं. १० र १२, तीनपिप्ले वडा नं ६, तीनकुने वडा नं. २ र ३ र मण्डनदेउपुर नगरपालिकाका चार वटा पकेट क्षेत्रहरु क्रमशः महादेवस्थान (कुन्तावेशी, नौविसे, केदार बस्ती), जैसीथोक (चाखोला, तिमल्सिना गाउँ),वालुवापाटी देउपुर (गैरी गाउँ, रोहीनी, मकैबारी) र चण्डेनी मण्डन(जोगीटार र माईटार) रहेका छन् ।

उल्लेखित पकेट क्षेत्रहरु बाट सहकारी संस्थाहरुको छनौट, क्षमता अभिवृद्धि एवंम उत्पादन प्रबद्र्धन बजारीकरण सम्बन्धी आवश्यक प्राविधिक सहयोग पु¥याउन एवं सहकारी बजार विकास कार्यक्रमको अन्य निर्दिष्ट लक्ष्य अनुसारका क्रियाकलाप सञ्चालन गर्न जिल्ला सहकारी संघ लिमिटेड, काभ्रेपलाञ्चोकसँग शर्त सहितको लघु पूँजी अनुदान सम्झौता भएको हो । सम्झौता बमोजिम प्रारम्भिक चरणमा छनौट भएका सहकारी संस्थाहरुमा निम्नानुसारका कार्यक्रमहरु सम्पन्न भईसकेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।