तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६, ठूलोपर्सेलको बजेट यस पटक २ करोड ८७ लाख २६ हजार ५ सय रहेको छ । अर्थिक बर्ष २०७६।०७७ मा गाउँपालिका स्तरीय र वडा स्तरीय योजना अनुसार उक्त बजेट विनियोजन गरिएको हो ।
यस बजेटमा तेमाल–६ का वडा अध्यक्ष विकु तामाङ मोक्तानले विषयगत क्षेत्रमा बढीभन्दा बढी जनताको समस्याको सम्बोधन गर्ने जमर्को गरिएको देखिन्छ । ‘जनताको वडा स्तरीय भेलाले जे जति योजनाहरु निर्माण गरियो, त्यो सबैलाई समेट्ने कोशिस गरेको छ ।’ उनले भने, ‘जनताको माग भन्दा बाहिर जान सकिन्न । सबै माग त पूरा गर्न नसकिएला तर सम्बोधन गर्ने प्रयत्न भने गरेकै छु ।’ यो पटक नसमेटीएको योजना अर्को आर्थिक वर्षमा उच्च प्राथमिकतामा राख्ने वडा अध्यक्ष मोक्तानले तेमाल अनलाईनलाई बताए ।
यो पटक यस वडा मा गाउँपालिका स्तरीय ६ वटा योजना परेको छ भने वडा स्तरीय योजना पनि धेरै वटा परेको छ ।

योजना र बजेट यस्तो छः

गाउँपालिका स्तरीय योजनाहरुः
१. काल्दर ह्रोसाइब ठुलोपर्सेल पकुवाल सडक स्तरोन्नति रु १ करोड ४० लाख
२. ठुलोपर्सेल, धुल्खु चोपटार सडक ट्रयाक निर्माण रु ४० लाख
३. पन्चबुद्ध निर्माण (ठुलोपर्सेल बसपार्क–पकुवाल गोठटोल पुर्खाङ डाँडा देउराली डाँडा रन्सिङ डाँडा) रु ३० लाख
४. मने समुहको भबन निर्माण (माथिल्लो छाप) रु ५ लाख
५. छापधारा सत्तलसम्म सडक निर्माण रु २ लाख
६. झगडाबेशी सडक निर्माण रु २ लाख
गाउँपालिका स्तरीय याेजना तथा बजेट जम्माः २ करोड १९ लाख

वडा स्तरीय योजनाहरुः

पुर्बधार बिकास तर्फ
१. तल्लोबेशी कोल्पु सडक निर्माण रु १० लाख
२. देउरालीडाँडा सडक निर्माण रु १ लाख
३. जर्गाटोल ठटोबाटो सडक निर्माण रु २ लाख
४. भुमेस्थान झगरबेशी सडक निर्माण रु ३ लाख
५. वडा कार्यालय भबन निर्माण रु २० लाख
६. वडा कार्यालय ग्यभिङ निर्माण रु ५ लाख
७. वडा प्रोफाइल तयरी रु १ लाख
८. टवाङगल खानेपानी मर्मत रु १ लाख
९. पकुवाल खानेपानी मर्मत रु १ लाख
१०. मथानटोल खानेपानी मर्मत रु २ लाख
११. समिनबोट खानेपानी मर्मत रु १ लाख
१२. भुमेशोर खानेपानी निर्माण (मगरछाप) रु ३ लाख
१३. कुलोम्रुङ राक्से ब्रागाल खानेपानी निर्माण रु २ लाख
१४. सिंगटी खानेपानी निर्माण रु ७ लाख
१५. वडा कार्यालयको ढुंगा ब्यबस्थापन रु २ लाख ५३ हजार
            जम्मा ५० लाख ५३ हजार
आर्थिक बिकास तर्फ
१. रानीदह स्मारक पार्क डि.पि.आर. तयारी रु २ लाख ५० हजार
२. लक्षित बर्गलाइ बाख्रा र सुगुर बितरण तथा तालीम रु १ लाख ५० हजार
३. फलफुल बिरुवा बितरण रु १ लाख
४. उद्योग तथा बाणिज्य अन्तर्कृय गोष्ठी रु ७३ हजार ५ साय
                जम्मा ५ लाख ७३ हजार ५ सय
सामाजिक बिकास तर्फ
१. शिक्षा कार्यक्रमहरु रु २ लाख
क. तहगत हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम
ख. नित्य प्रतियोगिता कार्यक्रम
ग. विद्यार्थी, शिक्षक अभिभावक र सरोकारवालाहरु बीच अन्तरकृयत्मक कार्यक्रम
घ. शैक्षिक अबलोकन भ्रमण कार्यक्रम
ङ. कक्षा ५, ८, एसइइ र १२ को उत्कृष्ट छात्र छात्रा सम्मान कार्यक्रम
च. खेलकुद प्रतियोगिता कार्यक्रम
छ. वक्तृत्वकला र कविता लेखन तथा वाचन र निबन्ध लेखन प्रतियोगिता कार्यक्रम
२ स्यास्थ्य कार्यक्रमहरु रु १ लाख ५० हजार
क) जेष्ठ नागरिक स्यास्थ्य परिक्षण कार्यक्रम
ख) आमा सुरक्षा कार्यक्रम
ग) स्यास्थ्यचौकी फोहोर मैला ब्यबस्थापन कार्यक्रम
४. अपाङ्ग दलित लक्षित कार्यक्रम रु ५० हजार
५. सिलाई कटाई तालिम रु १ लाख
६. महिला लक्षित कार्यक्रम रु १ लाख ५० हजार
७. मगर भाषा शिक्षण तथा प्रशिक्षण कार्यक्रम रु १ लाख
८. साँस्कृतिक प्रबद्र्धधन ल्होसार कार्यक्रम रु २ लाख ५० हजार
९. टवाङगाल बिबिरे खोला खानेपानी ब्यबस्थापन कार्यक्रम रु २ लाख
                           जम्मा १२ लाख
जम्मा वडास्तरीय याेजनाकाे लागि बजेटः ६८ लाख २६ हजार ५ सय
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।