नमोबुद्ध । जिल्ला सहकारी संघ लि., काभ्रेको योजना तथा नमोबुद्ध नगरपालिकाको समन्वयमा आज (शनिबार) नगरस्तरीय सहकारी समन्वय समिति गठन भएको छ ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पि. शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम ५० वटा सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिल्ला सहकारी संघ लि. का अध्यक्ष विनोद पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ लि.का सचिव तथा जिल्ला सहकारी संघ लि का सल्लाहाकार टिका बल्दभ सापकोटा तथा समाजसेवी बिष्णु खनालको समेत उपस्थित रहेको थियो ।

भेलाले ११ सदस्यीय सहकारी समन्वय समिति हरिसाद तिमल्सिनाको संयोजकत्वमा गठन भएको छ । जसका सह–संयोजकमा उद्धव हुमागाँई तथा सचिवमा ईभेन्जेलिना दोङ रहेका छन् भने सदस्यहरुमासुर्दशनप्याकुरेल, निमा डोल्मा लामा, चुडामणी मिजार, रुद्रबहादुर विसुंखे, रमेश न्यौपाने र शुभद्रा खनाल रहेका छन् ।
निर्बाचित सबैलाई प्रमुख अतिथी तथा नगरप्रमखु तिमल्सिनाले स्वागत तथा बधाई र शुभकामना दिएका थिए । यस
नगरस्तरी सहकारीहरु सबैलाई एकै स्थानमा राखेर सहकारीकाबारेमा चेतना तथा क्षमता विकासका कार्यहरु गर्न र नगर स्तरीय सहकारी प्रवर्धनात्मक कार्यहरु सञ्चालन गर्न नगरपालिका दृढ रहेको उनले बताए । ‘यसै र्आिर्थक बर्ष भित्र दुग्ध तथा दुग्धजन्य पदार्थहरुको गुणस्तरमा बृद्धि गर्दै नमूना योग्यकार्य गर्ने र सहकारी मार्फत स्थानीय समुदायमा प्रभाव पर्ने खालका क्रियाकलापहरुलाई अगाडि बढाउने छु ।’ शर्माले भने, ‘नगरस्तरीय सहकारीका लागि कार्यालय स्थापना, तथ्यांक संकलनका कार्यमा सहयोग हुने खालका कार्यहरु गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।’
कार्यक्रममा जिल्ला सहकारी संघ लि का अध्यक्ष विनोद पराजुलीले स्वागत सहित कार्यक्रमको उपादेयताबारे स्पष्ट पार्दै हालसालै आएको सहकारी ऐन २०७४ तथा नियमावली २०७५ बमोजिम सहकारी संस्थाहरुलाई सञ्चालन गर्न सके सहकारीहरुले समुदाय विकासमा धेरै कार्यहरु गर्न सक्ने बताए । त्यसैगरि जिल्ला सहकारी संघ लि का सचिव दिलिप शर्माले जिल्ला सहकारी संघ लि ले हालसम्म गरेका प्रगति तथा संघको परिचयका बिषयमा प्रस्तुतकिरण समेत गरेका थिए ।
समन्वय समितिका संयोजक हरि तिमल्सिनाले यसै साताभित्र समन्वय समितिको बैठक राखि ठोस योजना सहित नगरपालिकासँग समन्वयमा प्रवद्र्धनात्मक कार्यहरु अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे । जिल्ला सहकारी संघले यो नगर सहित ६ वटा स्थानमा नगरस्तरीय सहकारी समन्वय समिति गठनको कार्य सम्पन्न गरिसकेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।