पनौति । काभ्रे जिल्लामा एकिकरण अभियानकै रुपमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती न.पा. वडा नं. ११, (साविक बल्थली ७), बल्थली स्थित श्री गाउँवेशी साना किसान कृषि सहकारी संस्था लि. र पनौती २, कुशादेवी स्थित जनजिवन वचत तथा ऋण सहकारी संस्था लि.सँग सामुदायिक साकोसले एकीकरणको सम्झौता गरेको छ । सम्झौता तीनवटै संस्थाको एकीकरण कार्यदल बीच सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालयको सभाहलमा बृहत छलफल गरी सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा श्री गाउँवेशी साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष श्री विद्यामणी हुमागाईले सानो पूँजिको संस्थाबाट शेयर सदस्यहरुले सम्पूर्ण वित्तिय सेवा पाउन नसक्ने र प्रशासनिक खर्चहरुका कारण सदस्यहरुले प्राप्त गर्ने सेवा तुलनात्मक रुपमा महंगो समेत हुने भएको साथै राज्यले एकिकरण अभियान समेत अघि सारेकोले सामुदायिक साकोससँग एक भएर जान सहमत भएको बताए । हुमागाईंले अन्य सहकारी संस्थाहरुलाई पनि एकिकरणको लागि आव्हान गरेकी थिइन् ।

त्यसैगरी जनजिवन वचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री रामकृष्ण थापाले एकिकरणका लागि धेरै संस्थाहरुसँग कुराकानी भएता पनि सामुदायिक साकोस नै उत्तम विकल्प देखेर सामुदायिकसँगै एकिकरणको लागि तयार भई आएको बताए । सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री प्रकाश बन्जाराले दुबै पक्षको एकीकरण कार्यदलले हस्ताक्षर गरेको सम्झौता पत्र आदन प्रदान गर्दै गरेका थिए । सो कार्यक्रममा सहकारी ऐन २०७४, नियमावली २०७५ र नियामक निकायहरुले पनि सहकारी संस्थालाई एक हुन आग्रह गरीरहेको अवसरमा एकिकरण अभियानमा हातेमालो गर्न श्री गाउँवेशी साना किसान कृषि सहकारी संस्था र जनजिवन वचत तथा ऋण सहकारी संस्था लि. ले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याएकोमा गाउँवेशीका अध्यक्ष हुमागाई र उपाध्यक्ष राजु थापा, जनजिवनका अध्यक्ष रामकृष्ण थापा, लेखा संयोजक माधव प्रसाद हुमागाई र कोषाध्यक्ष यादव सापकोटा लगायत सम्पूर्ण अभियन्ताहरु प्रति हार्दिक आभार ब्यक्त गरे ।
छलफलका क्रममा सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. का लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिमल्सिना, उपाध्यक्ष कुमार प्रसाद लामिछाने, सचिव मुकुन्द शर्मा, कोषाध्यक्ष प्रताप ताम्राकार, सञ्चालक सदस्य रामकृष्ण घिमिरे लगायत उपस्थित रहेका थिए ।

सामुदायिक वचत तथा ऋण सहकारी संस्थामा जिल्लाका २२ हजार ४सय जना शेयर सदस्यहरु आबद्ध रहेका छन् भने १ अर्व ८४ करोड पुँजी रहेको छ । शेयर सदस्यहरुको १९ करोड शेयर पुँजी रहेको यो संस्थाले २३ प्रकारका वचतका शीर्षकहरुमा १ अर्ब ३० करोड वचत संकलन गरी १७ शीर्षकमा १ अर्ब ४६ करोड सदस्यहरुलाई नै ऋण परिचालन गरिरहेको छ । वचत र ऋणमा प्रतिस्पर्धी ब्याजदर कायम रहेको यस संस्थाले ५३ जनालाई रोजगारी प्रदान गरेको छ । संस्था शुसासनमा सञ्चालनका निमित्त ५६ वटा नीति तथा कार्यविधि तयार गरी अगाडी बढेको यस संस्थाले आन्तरिक लेखा परिक्षण र बाह्य लेखा परिक्षणका लागि छुट्टा छुट्टै चार्टड एकाउण्टेन्ट संस्थालाई नियुक्त गरेको छ ।
श्री गाउँवेशी साना किसान कृषि सहकारी संस्था लि.को ४५० जना शेयर सदस्यहरुको ६० लाख कुल पुँजी परिचालन गर्न सफल भएको छ भने जनजिवन वचत तथा ऋण सहकारी संस्था लि. ले ३०० जना शेयर सदस्यहरुलाई ५० लाखको पुँजी परिचालन गर्दै कारोवार सञ्चालन गर्दै आएको छ । सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. ले यस अघि जेष्ठ १४ गते श्री बासडोल सामुदायिक बहुउदेश्यीस सहकारी संस्था लि. सँग र असार २५ गते श्री मिलिजुली नारी चेतना वचत तथा ऋण सहकारी संस्थासँग एकिकरणको सम्झौता गरिसकेको छ ।
यी ५ वटा सहकारी संस्थाहरु एकीकरण पश्चात २ अर्बको हाराहारीमा कुल पुँजी पुग्ने, २५ हजार भन्दा बढी शेयर सदस्य, १० प्रतिशत संस्थागत पुँजी, नियन्त्रित भाखा नाघेको ऋण र गुणस्तरिय वस्तु तथा सेवा उपलब्ध गराउनेमा कुनै दुईमत देखिदैन । दुबै संस्थाका शेयर सदस्यहरु एकीकरण पश्चात गुणस्तरिय सेवा पाईने र संस्थाको सञ्चालन खर्चमा न्यूनीकरण भई लाभांश दरमा बृद्धि हुने अपेक्षा सहित संयुक्त साधारण सभा हुने प्रतिक्षामा उत्साहित रहेका छन् ।
२५ वर्ष अघि २०५१ साल माघ १४ गते स्थापित पनौती ४, टौखालमा मुख्य कार्यालय रही काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय तहमा आफ्नो वित्तीय पहुँच विस्तार गर्दै १० वटा कार्यालय मार्फत सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउदै आएको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा आफ्नो छवी कायम गर्न सफल एक्सेस सिल्भर ब्राण्ड प्राप्त सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले समुदायका ब्यक्तिहरुलाई संस्थामा आबद्ध गराउँदै कार्यक्षेत्र भित्रका विभिन्न सहकारी संस्थाहरुलाई एकीकृत गर्दै वित्तीय रुपमा सवल र सक्षम संस्था स्थापना गरी शेयर सदस्यहरुलाई प्रतिस्पर्धी सेवा स्थानीय तहमै उपलब्ध गराउने उदेश्यले एकीकरण अभियानमा अर्को पाइला चालेको छ ।
तत्कालिन पनौती नगरपालिका र जोडिएका ५ गा.वि.स.हरु कार्यक्षेत्र भएको यस संस्थाले २०६८ सालबाट नै अन्य सहकारी संस्थाहरुसँग एकीकरणको प्रयास गर्दै आएको र २०७३ सालमा बनेपा स्थित तत्कालिन जगत गुरु वचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरी आफ्नो कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्लाभर कायम गरेको यस संस्थाले छोटो अवधिमा नै जिल्लाका मुख्य मुख्य स्थानहरुमा ९ वटा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ ।
Comments