गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाको सातौं अधिवेशन आगामी सेप्टेम्बरको २१ र २२ मा हुन गइरहेको छ । एनआरएन दक्षिण कोरियाको बर्ष २०१९-२०२१ कार्यकालको लागि क्षेत्रीय र केन्द्रिय अधिवेशन हो ।
एनआरएनए कोरियाको आसन्न सातौं अधिवेशनमा उम्मेदवारहरुले बुझ्नैपर्ने महत्वपूर्ण प्रावधानहरुः
महिना दिन अगावै पञ्जिकृत सदस्यता लिइ सकेको हुनु पर्नेछ ।
२०.२.३ निर्वाचन प्रयोजनका लागि निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गर्नेछ ।
२०.२.४ निर्वाचन समितिले निर्वाचन कार्यविधि तोक्नेछ ।
२०.२.५ निर्वाचन उम्मेदवारको योग्यताको हकमा राष्ट्रिय समन्वय परिषदको अध्यक्ष र बरिष्ठ उपाध्यक्ष, बाहेक पदहरु उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्क्ष र सह-कोषाध्क्ष पदमा उम्मेदवार बन्नका लागि कम्तिमा १ कार्यकाल राष्ट्रिय समन्वय परिषद वा क्षेत्रिय समिति वा कार्यदलको कुनै पदमा बसेको हुनुपर्नेछ । तर अन्य सदस्यहरुको लागि भने राष्ट्रिय महाधिवेशनको मिति भन्दा कम्तिमा ६ महिना अघि पञ्जिकृत सदस्य हुनु पर्नेछ । अध्यक्ष र बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारको हकमा भने क्षेत्रीय समितिका अध्यक्ष वा राष्ट्रिय समन्वय परिषदको कुनै पनि पदमा कमसेकम १ कार्यकाल पुरा गरेको हुनु पर्नेछ ।
२०.२.६. राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदको लागि लगातार २ कार्यकाल भन्दा बढि उमेदवार बन्न पाउने छैन ।
२०.२.७ अर्न्तराष्ट्रिय समन्वय परिषदमा कोरियाको प्रतिनिधि बन्नकालागि राष्ट्रिय समन्वय समिति वा क्षेत्रीय समितिमा एक कार्यकाल सम्पन्न गरि सकेको हुनु पर्नेछ । अन्तराष्ट्रिय समन्वय परिषदमा कोरियाको प्रतिनिधि चयन गर्दा राष्ट्रिय महाधिवेशनमा सहभागी सम्पूर्ण योग्य मतदाताहरुले मतदान गर्न पाउनेछन् ।
२०.२.८. राष्ट्रिय समन्वय परिषदको कार्यसमितीको कुनैपनि पदमा निर्वाचित भएका व्यक्तिहरुले अन्य कुनैपनि राजनैतिक पार्टी वा धार्मिक संघ-संस्थाका कार्यसमितीमा रहेमा निर्वाचीत भएको मितीले ४५ दिन भित्रमा राजिनामा दिनु पर्नेछ ।
२०.२.९ निर्वाचन समितिले निर्वाचित पदाधिकारी सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्नेछ ।
२०.२.१० निर्वाचन एक व्यक्ति एक मतको शिद्धान्त बमोजिम सम्पन्न हुनेछ ।
२०.२.११ नया निवांचित कार्य समितिलाई विधान बमोजिम गोपनियताको सपथ ग्रहण गराउने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।