काठमाडौं । काभ्रे जिल्लामा स्थापना भई देशैभरि कार्यक्षेत्र रहेको विन्धबासिनी साकोस र अर्का ठूलो साकोस सामुदायिक साकोसले ‘सिल्भर ब्रान्ड’ प्राप्त भएको छ । नेफ्स्कून र एशियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहकार्यमा बचत तथा ऋण सहकारी संस्थाहरु (साकोस) मा सञ्चालित एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम अन्तर्गत यस बर्षको एशियाली स्तरको ब्ऋऋभ्क्क् (ACCESS -A1 Competitive Choice for Excellence in Service and Soundness) गुणस्तर प्रमाणपत्र विन्धबासिनी र सामुदायिक साकोस सहित २४ साकोसले प्राप्त गरेको छ ।
ब्राण्ड प्राप्त गर्न सफल २४ साकोसमध्ये ८ वटा साकोसले रजत र १६ वटा साकोसले कास्य स्तर प्राप्त गर्न सफल भएको छ ।
श्रावण देखि भाद्र सम्म एशियाली ऋण महासंघबाट आएका स्वतन्त्र परीक्षकद्वारा संस्थाको वित्तीय अवस्था, सदस्य दृष्टिकोण, व्यवसायिक सक्षमता र सिकाई एवम् वृद्धिमा कुल ८६ वटा सूचकको आधारमा अकु र नेफ्स्कूनको प्राविधिक टोलीले एक्सेस अन्तिम परीक्षण गरेको थियो ।
विन्धवासिनी साकोसका प्रमुख व्यवस्थापक केपी लामाले अब आफूहरु गोल्ड ब्राण्ड पाउनका लागि प्रयत्नरत रहेको तेमाल अनलाईनलाई बताए । विन्धवासिनीमा सदस्यहरुको पूँजी सुरक्षित छ भन्ने प्रमाणित भएको लामाले बताए । ‘अन्तर्राष्ट्रिय स्तरको अडिट हो यो । यो साकोसमा पूँजीको सुरक्षित छ कि छैन ? सुरक्षित छ भनेर प्रमाणित गरेको छ ।’ उनले भने, ‘गोल्ड ब्राण्डको लागि प्रयत्नमा छौं । हाम्रो सहकारी वित्तिय अनुसाशन अनुसार चलेको छ ।’
एक्सेस ब्राण्ड प्राप्त गर्न सफल साकोसहरुको विवरण यस्तो छः
क) रजत स्तर प्राप्त साकोसहरुः
१. विन्धबासिनी साकोस, काभ्रेपलाञ्चोक
२. जनकल्याण साकोस, धादिङ
३. जनसचेतन साकोस, दोलखा
४. जनउत्थान साकोस, रुपन्देही
५. किसानकल्याण साकोस, सुनसरी
६. मनकामना साकोस मोरङ
७. मिलिजुली साकोस, दोलखा
८. सामुदायिक साकोस, काभ्रेपलाञ्चोक
ख ) कास्य स्तर प्राप्त साकोसहरु
९. बुडोल सामुदायिक साकोस, काभ्रेपलाञ्चोक
१०. चण्डेश्वरी साकोस, काभ्रेपलाञ्चोक
११. दाम्राभिटा साकोस, मोरङ
१२. गैंडाकोट स्वाभिमान साकोस, नवलपुर
१३. ग्रामिण साकोस, नवलपरासी
१४. हाम्रो जनकल्याण साकोस, दोलखा
१५. इटहरा साकोस, मोरङ
१६. किसान साकोस, नवलपुर
१७. कोलिय देवदह साकोस, रुपन्देही
१८. महिला साकोस, सुनसरी
१९. परोपकार साकोस, नवलपुर
२०. श्री बाराही साकोस, भक्तपुर
२१. सिद्धिगणेश साकोस, भक्तपुर
२२. सिको साकोस, बर्दिया
२३. उपकार साकोस, भक्तपुर
२४. विकु साकोस, नवलपुर
के हो एक्सेस ब्राण्ड ?
एक्सेस कार्यक्रम एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा एशियाली स्तरमा साकोस क्षेत्रका विकासलाई आन्तरिकीकरण गर्ने उद्देश्यसहित नेफ्स्कूनले वि.सं. २०६५ सालदेखि सञ्चालनमा ल्याएको कार्यक्रम हो ।
एक्सेस ब्राण्डिङ कार्यक्रमले संस्थामा ४ आयामहरु अन्तर्गत वित्तीय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्यसञ्चालन प्रक्रियाको पक्ष र सिकाई तथा बृद्धि पक्षको अनुगमन गर्दछ । साकोस व्यवसायमा रहेको जोखिम विश्लेषण गरी स्वव्यवस्थापनको माध्यमबाट संस्थालाई सुरक्षित गर्न, गुणस्तर सुनिश्चितता गर्न, दीगो संस्थागत विकास गर्न, व्यवस्थापन र व्यावसायिकता अभिबृद्धि गर्नका लागि संघले स्थलगत रुपमा सहजीकरण सेवा उपलब्ध गराउँदै आईरहेको छ । हाल ६४ बचत तथा ऋण सहकारी संस्थाहरु एक्सेस कार्यक्रममा आबद्ध छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























